दीपशंकर चौलागाई ,दोलखा २९ भदौ । दोलखा उद्योग बाणिज्य संघका सल्लाहाकार,पदाधिकारी,र कार्यसमितीका सदस्यहरुको लगानीमा सदरमुकाम चरिकोटमा भीमेश्वर सुपर मार्केट संचालनमा आउने भएकोछ ।
काठमाण्डौको सुविद्या चरिकोटमा उपलब्ध गराउन काठमाण्डौको भाटभटेनी र बिग हाउस संग समन्वय गरि भीमेश्वर सुपर मार्केट प्रालिले ३ करोडको लगानीमा सुपर मार्केट संचालनमा ल्याउने भएको हो ।
दशैको अबसर पारि भीमेश्वर सुपर मार्केट प्रालिले चरिकोटको सातदोबाटेमा रहेको होटल पावनको भवनमा दोलखाका मौलिक उत्पादनहरु समेत राखी सुपर मार्केट संचालन गर्न लागेको दोलखा उद्योग बाणिज्य संघका सल्लाहाकार रामेश्वर मान्नधरले बताए ।
सुपर मार्केटमा नुन देखि सुन सम्म उपलब्ध हुनेछ । उपभोक्तालाई आबश्यक पर्ने सम्पूर्ण सामाग्री सुपर मार्केट हुनेछन समाजसेवि ब्यापारी मानन्धरले भने ।
कोभिड १९ (कोरोना भाइरस) बाट उत्पन्न परिवेबलाई मध्येनजर गरि उपभोक्ताहरको मागलाई ध्यानमा राखी सम्पूर्ण सामान एकै थलोमा उपलब्ध गराउन दशैं अधि नै सुपरमार्केट संचालन गर्न लागेको दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले बताए । कम्पनि दर्ता प्रक्रिया पुरा भएको र विधिवतरुपमा घटस्थापनाका दिन उद्घाटन गर्ने तयारीमा काम भइरहेको संचालक चिरञ्जीवी मास्केले जानकारी दिए ।
सुपर मार्केटमा दोलखा उद्योग बाणिज्य संघका सल्लाहाकार रामेश्वर मान्नधर, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ, दोलखा उद्योग बाणिज्य संघका पूर्व सचिव चिरञ्जीवी मास्के, दोलखा उद्योग बाणिज्य संघका प्रथम ,द्धितिय उपाध्यक्ष क्रमश दिनेश थापा,सनद थापा ,महासचिव हेमराज रिमाल,सचिव बिमल श्रेष्ठ,कोषध्यक्ष अनिता श्रेष्ठ,दोउबासंघका सदस्यहरु देवकृष्ण थापा ,सुरु उप्रेती कृष्णबहादुर श्रेष्ठ,गणेश बिक्रम शाही,ठकुरी ,नबराज रिजालको संयुक्त लगानी रहने दोलखा उद्योग बाणिज्य संघका महासचिव हेमराज रिमालले बताए ।
यसमा लगानी कर्ताहरु थपघट हुन सक्ने पनि भीमेश्वर सुपर मार्केट प्रालिले जनाएको छ ।
Leave a Reply