तामाकोशी गाउँपालिकाले पहिलो चरणमा १२ हजार सर्वसाधारण नागरिकको बिमा गर्ने

 पब्लिक संवाददाता      सोमवार, भदौ २९, २०७७      0

दीपशंकर चौलागाई
दोलखा २९ भदौ । मुलकमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेका अवस्थालाई मध्ये नजर गर्दै दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकहरुको कोरोना विमा गरिदिने निर्णय गरेकोछ ।
व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीको आधारमा चालु आर्थिक बर्षमा तामाकोशी गाउँपालिकाले पहिलो चरणमा २५ हजार जनसंख्या मध्ये १२ हजारको मात्र बिमा गर्ने जनाएकोछ ।
सहकारी संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्र्तगत रहेको ९ लाख खर्च गरेर सो संख्याको कोरोना विमा गरि दिने निर्णय गरेको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । अध्यक्ष पोखरेलले भने सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकहरुको विमा गरिदिने छौं । तामाकोशी गाउँपालकिा तामाकोशी गाउँपालिका ठेगाना भएको जोकोही आए पनि विमा गरिदिने अध्यक्ष पोखरेलले उनले बताए ।
सहकारीको सदस्य भएमा सहकारीले एकसय, व्यक्तिले एकसय र गाउँपालिकाले एकसय गरी विमा गरिदिने व्यवस्था गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । सहकारीको सदस्य नभएमा विमा गर्ने व्यक्तिले दुईसय तिर्नु पर्ने र त्यसमा गाउँपालिकाले एकसय थप गरी विमा गरिदिने मिश्रले जानकारी दिए ।
तामाकोशी गाउँपालिकामा हालसम्म एकजनामा पनि कोरोना संक्रमण नदेखिएको भए पनि विमा कार्यक्रमबाट नागरिकहरुले भरपूर लाभ लिन सक्ने गाउँपालिकाको अपेक्षा लिएको तामाकोशी गाउँपालिका १ का वडा अध्यक्ष महेश काप्mले ले बताए

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *