कानुनको खिल्ली उडाउदै दोलखाको तामाकोशी गाउँपालिका

 पब्लिक संवाददाता      आइतवार, भदौ २८, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा २८ भदौ । दोलखाको तामाकोशी गाउँपालिकाले बालुवाको कर उठाउदा मनोमानी ढंगले रसिद प्याड प्रयोग गरि अन्धाधुन्ध असुलउपर गरेकोछ ।
नेपाल सरकारको ऐन निया मिच्ने अकिार कसैलाई नभएको भन्दै नेपाली कांगे्रस तामाकोशी गाउँपालिकाले भएको यस्ता अनियमिकता तत्काल छानबिन गर्न सरोकारवाला लाई आग्रह गरेकोछ । छानबिन गर्ने निकाय कुम्भकर्णको निँद्रा परिरहने हो भने अब जनताले छानबिन गर्ने छन नेपाली कांगे्रस तामाकोशी गाउँपालिकाका सचिव चन्द्रगणेश काप्mले ले भने ।
काप्mलले भने गाउँपालिका का अध्यक्षले सरकारी गाडी दुरुपयोग गरेकाछन अब जनता साँचो खोस्न बाध्य हुनेछन । अध्यक्षलाई बैठक ,कार्याक्रम ,अनुगामा जस्ता सरकारी गाडी प्रयोग हुनु पर्छ कसैले रोक्दैन आउडे,भाउडे,हुक्केहरुलाई असोरपासर अनि ब्यक्तिगत काममा प्रयोग भईरहेको छ अब हामी चुप लागेर बस्ने पक्षमा छैनौ नेता काप्mले भने ।
यता नेपाली कांगे्रस तामाकोशी गाउँपालिका पदाधिकारी ,नेपाली कांगे्रस दोलखा नेता नरहरी सुवेदी, नेपाली कांगे्रस दोलखाको संगठन विभाग प्रमुख भविन्द्र कार्की, नेपाली कांगे्रस दोलखाका अनुशासन विभाग प्रमुख कुमार भुजेल ,नेबिसंघ दोलखाका नेता प्रचण्डदीप कार्की र तामाकोशी गाउँपालिका प्रमुख इश्वर चन्द्र पोखरेल ,उपप्रमुख उर्मिला केसी , प्रमुख प्रशासकिय अधिकृत बिच बार्ता भई गाउँपालिका कार्यालयको केन्द्र तोक्ने मौखिक सहमती भएको छ । भदौ २७ गते भएको सो बार्तामा १५ दिन पछि लिखित सम्बोधन गर्ने गाउँपालिकाले जनाएकोछ ।
तालाबन्दी गर्न पुगेका टोली बिच बार्तामा गाउँपालिका अत्तयक्ष लगायतका टोलीले अलि लचकदम देखाको कारण १५ दिने अल्टीमेटम पछि बार्ता सहमतीमा टुङगीएको नेपाली कांगे्रस तामाकोशी गाउँपालिका अध्यक्ष ङरहरी फुयाँले जानकारी दिए ।
नेपाली कांगे्रस तामाकोशी गाउँपालिका बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाए पछि भदौ २७ गते गाउँपालिकाले बर्तामा बोलाएको थियो । नेपाली कांगे्रसले स्थानिय तहमा कम्युनिष्ट सरकार बनेपछि तामाकोशी गाउँपालिका का जनता महंगी ,कुशासन र निरंकुश कार्यशैलिको चरम चपेटामा परेको भन्दै आर्थिक अनियमिताको प्रतिवेदन सार्वाजानिक गर्न ज्ञापन पत्र बुझाएका छ ।
गाउँपालिका बाट कृषकलाई दिने अनुदान,कृषि उपकरणहरुको बितरण ,खेतिपाती ,पशुपालनमा आदीमा दिइने सेवा सुविद्या समेतमा पारदर्शीता नभएकोले बितरण गरिएमा पुनारावलोकन गर्दै आगामी दिनमा समानुपातिक ,नितिगत र पारदर्शी ढंगले बितरण गर्ने आग्रह गरेको छ ।
मुलुक कोभिड १९ को कारण आक्रान्त भएको बेला चाडबाडको आगमन पनि नजिकदै छ गाउँपालिकामा रहेका बिपन्न नागरिकलाई राहतको ब्यबस्था गर्न आग्रह थिए । चाडबाडमा बाहिरबाट आउने जाने नागरिकको संख्यामा बृद्धी हुने भएकोले यहाँका कम्तिमा १० प्रतिशत नागरिकको पिसिआर चेक गर्न पालिकालाई लिखित अनुरोध गरेको छ ।
तामाकोशी गाउँपालिका कृषकहरु मल को समस्याबाट आक्रान्त छन यो समस्याको तत्काल निराकरण गर्न पालिकालाई अपिल गरेको छ । चरम मूल्य बृद्धी गरि नागरिक ठगी रहदा यसको अनुगमन गर्ने निकाय कुम्भकर्णको निन्द्रामा परेको आरोप लगाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *