क्रेनको डोरी चुडिदा सुरी हाइड्रोपावरका एक मजदुरको मृत्यू

 पब्लिक संवाददाता      शनिबार, भदौ २७, २०७७      0

दोलखा २७ भदौ । दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिदा एक मजदुरको मृत्यु भएको छ।
जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५ गुरुम्फीमा निर्माणाधिन हाइड्रोपावरमा क्रेनको डोरी चुडिदाँ पनौती नगरपालिका ६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेस केसी को मृत्युु भएको छ ।
जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले भने हाइड्रो पावरको भबन भित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बा सहित मजदुर तल ढलानमा खसी केसीको मूत्यु भएको छ । ३५ फिट माथिबाट क्रेनको डब्बा सहित केसी तल ढलानमा पछारिएका थिए ।
टाउकोमा तथा शरिरको बिभिन्न भागमा चोटलागेका मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोछ । दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको र लास पोस्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याउदै गरेको जिप्रकाले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *