दीपशंकर चौलागाई ,दोलखा २६ भदौ । लकडाउण्डको दुई महिने अवधिमा सात बर्षिय नाबालिका देखी ६५ बर्ष बृद्ध सम्म दोलखामा बलात्कृत भएकाछन ।
नाबालिकालाई पैसा दिन्छु भन्दै ललाई फकाइ र बृद्धालाई माक्स लगाई एकान्त जंगलमा लछारपसार गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्याल दोलखाले जनाएकोछ ।
जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेका अधिकांश बलात्कारका घटनामा आप्mनै आफान्तबाट बालबालिका र बृद्ध बलात्कृत भएका दर्ता भएका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक एवम सुचना अधिकृत रेशम बोहोराले जानकारी दिएकाछन ।
तामाकोशी गाउँपालिका ४ मा ७ बर्षिय भान्जीलाई पैसा दिन्छु भनि ललाई फकाई बिभिन्न प्रलोभनमा पारी १७ बर्षिय मामााले बलात्कार गरेको जाहेर असार २६ गते दर्ता भएको छ । मेलुङ गाउँपालिका १ मा आप्mनै ६० बर्षिय बाबुले घरको भूईतलामा १७ बर्षिय छोराीलाई बलात्कार गरेको जाहेरी असार २ गते दर्ता भएकोछ । बैत्यश्वर गाउपालिकामा ज्याला मजदुर गर्ने उदयपुर जिल्ला गढी गाउँपालिका २ की १७ बर्षिय महिला लाई दोलखाको बैत्यश्वर गापा का ३८ बर्षिय तमाङ थरका पुरुषले असार १० गते अन्तिम पटक बलात्कार गरेको जाहेरी दर्ता भएकोछ ।
त्यसै गरि साउन ९ गते तामाकोशी गा.पा ३ जफे छेकेको पहिरो स्थित जङगलमा बाख्रा चराउन गएको समयमा बर्ष ११ बालिकालाई १४ बर्षिय सोही स्थानका पुरुषले ललाई फकाई पैसा दिने बहानामा हातमा समाति केही पर लिएर गई जबरजस्ती भुईमा सुताई करणी गरेको भन्ने ब्यहोरा समेतको जाहेरी प्राप्त भएको प्रहरी निरिक्षक बोहोराले बताए ।
उनले भने बिगु गा.पा ३ बिर्ति खेत स्थित जंगलमा असार ७ मा ६५ बर्षिय बृद्धालाई अग्लो पातलो शरीर भएको कालो रुमाल मुखमा बाडेको कपालमा कालो टोपी सपक्क हुने गरी सटाएर लगाएको नामथर नखुलेको पुरुष ब्यक्तिले पिडितसँग भएको नगद, सुन समेत लिई घोप्टो पारी लडाई जबरजस्ती करणी गरेको भन्ने ब्यहोरा समेतको जाहेरी प्राप्त छ ।
सम्मानित अदालतले अपराधिलाई कावार्हीको दाहेरा ल्याएको बिश्वास बोहोराले गरेका छन । उनी जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत समेत रहेकाछन ।
समाजमा रहेको बिकृती बिसंगती र दिर्घरुपमा लुकेर बसेका निन्दनीय कार्यको खुलेर नागरिकहरुले प्रहरीकोमा उजुरी गर्न सक्षम बनाई अपराधिलाई कानुनी दायरमा ल्याई कावार्ही गर्ने उदेश्यले नागरिकको अध्यक्षतामा प्रहरी युनिटका इन्चार्ज सदस्य सचिव रहेको स्थानिय स्तरमा महिला तथा बालबालिका हिंसा न्यूनिकरण समिती एशियाली बैकको सहयोगमा बनाएकोले नागरिक सचेत भएका कारण सहजरुपमा उजुरी बढेको नागरिक समाज दोलखाले जनाएकोछ । यस्ता समिती साविकका ४८ गाविसमा जिल्ला प्रहरी कार्यालय दोलखाले बनाएका थियो ।
Leave a Reply