पब्लिक संवाददाता
बिहिबार, भदौ २५, २०७७
0
दीपशंकर चौलागाई
दोलखा, २५ भदौ । दोलखामा कोरोना भाइरसको त्रासका कारण गरिएको निषेधाज्ञालाई सहजिकरण गरि केही खुकुलो बनाइएको छ ।
पछिल्लो समय भीमेश्वर नगरपालिकामा फेला परेका संक्रमितको सम्पर्कमा पुगेकाहरुको रिपोर्ट नेगेटिभ आएपछि यसअघि गरिएको पुर्ण निषेधाज्ञालाई हटाई केही खुकुलो बनाइएको हो ।
जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञालाई खुकुलो बनाउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी जानकारी दिए ।
Leave a Reply