दीपशंकर चौलागाइै ,दोलखा २३ भदौ । दोलखाको तामाकोशी गाँउपालिमा गत बर्ष बालुवा गिटीमा भएको आर्थिक अनियमिकता छानबिन गर्न समिती बने पनि हाल सम्म प्रतिबेदन सार्वाजानिक नगरेकोले तत्काल गर्न नेपाली कांगेसले ज्ञापन पत्र बुझाएकोछ ।
स्थानिय तहमा कम्युनिष्ट सरकार बनेपछि तामाकोशी गाउँपालिका का जनता महंगी ,कुशासन र निरंकुश कार्यशैलिको चरम चपेटामा परेको भन्दै आर्थिक अनियामिताको प्रतिवेदन सार्वाजानिक गर्न ज्ञापन पत्र बुझाएको हुन ।
गाउँपालिका बाट कृषकलाई दिने अनुदान,कृषि उपकरणहरुको बितरण ,खेतिपाती ,पशुपालनमा आदीमा दिइने सेवा सुविद्या समेतमा पारदर्शीता नभएकोले बितरण गरिएमा पुनारावलोकन गर्दै आगामी दिनमा समानुपातिक ,नितिगत र पारदर्शी ढंगले बितरण गर्न गाउँपालिकालाई नेपाली कांगे्रस तामाकोशी गाउँपालिकाका अध्यक्ष ङरहरी फुयालले आग्रह गरेकाछन ।
नेपाली कांगे्रसका युवा नेता चन्द्र गणेश काप्mले भने मुलुक कोभिड १९ को कारण आक्रान्त भएको बेला चाडबाडको आगमन पनि नजिकदै छ गाउँपालिकामा रहेका बिपन्न नागरिकलाई राहतको ब्यबस्था गर्न गाउँपालिकालाई उनले आग्रह गरेकाछन। नेपाली कांगे्रस तामाकोशी गाउँपालिकाका सचिव समेत रहेका काप्mलेले चाडबाडमा बाहिरबाट आउने जाने नागरिकको संख्यामा बृद्धी हुने भएकोले यहाँका कम्तिमा १० प्रतिशत नागरिकको पिसिआर चेक गर्न पालिकालाई लिखित अनुरोध गरेकाछन ।
तामाकोशी गाउँपालिका कृषकहरु मल को समस्याबाट आक्रान्त छन यो समस्याको तत्काल निराकरण गर्न पालिकालाई कांगे्रस नेता नरहरी सुवेदीले अपिल गरे । उनले भने चरम मूल्य बृद्धी गरि नागरिक ठगी रहदा यसको अनुगमन गर्ने निकाय कुम्भकर्णको निन्द्रामा परेको छ ।
तामाकोशी गाँउपालिका प्रमुख ईश्वरचन्द्र पोखरेल नेकपा दोलखाका अध्यक्ष समेत रहेकोले नेपाली कांगे्रस तामाकोशी गाउँपालिकाले एउटा छुटै विज्ञप्ती जारी गरि मेलुङगाउँपालिका ४ का सर्वसाधरण नागरिकले खानेपानी माग्दा निरंकुश शैलिमा निर्दोष सर्वसाधरणलाई फसाईएको छ तत्काल बिना सर्त रिहाई नगरेमा नेपाली कांगे्रस तामाकोशी गाउँपालिकाकाले चरणबद्ध आन्दोलन गर्ने जनाएकाछन ।
Leave a Reply