
दीपशंकर चौलागाई ,दोलखा २० भदौ । सत्ता र शक्तिको आडमा दोलखाको भड्पुको सर्वसाधरण नागरिक माथि स्थानिय प्रशासनले लगाएको मुद्धा तत्काल खारेजको माग गदै आज नेपाली कांगे्रसका भातृ संस्थमाहरुले सदरमुकाम चरिकोटमा बिशाल जुलुस प्रर्दशन गदै निरंकुशताको पुत्ला दहन गरेकाछन ।
नेपाल सरकारका प्रधामन्त्रि केपी ओली पुत्ला दहन गर्ने क्रममा प्रहरी दोलखा नेपाल बिद्यार्थी संघ र तरुणदलका युवाहरु संग झडप भएका छ । पुत्ला खोसा खोस गर्दा केही समय झडप भएको नेपाल बिद्यार्थी संघ दोलखाका पूर्व अध्यक्ष राकेश श्रेष्ठले बताए । आदोलनकारीले पुत्ला दहन गरेकाछन ।
प्रहरीको झडप पछिको बिशाल कोण सभालाई सम्बोधन गर्दै नेपाली कांगे्रस दोलखाका नेता बर्मा लामाले जनताले खानेपानी माग्दा जेल जानु पर्छ भने गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ मेलुङ गाउपालिका बाट जनताले निषेश गरेकाछन । शक्ति र सत्त्ताको दम्भ देखाएर कम्युनिष्टहरुले सर्वसाधरण नागरिकालाइै दुख दिन्छ र तत्काल जेल मुक्त गदैन भने गाउँपालिकाको कार्यालय मात्र नभई भोली बाट जिल्ला समन्वय समितीको कार्यालय स तालाबन्दी गर्ने चेतावानी नेता लामाले दिएकाछन। नेपाली कांगे्रसले पालिकाहरुमा भएको भ्रष्टचारको छानबिन गरि जनतामाझ भ्रष्चारीको पर्दापास गर्र्न अभियानका संचालन गर्नेछ नेता लामाले उद्घोष गरे ।
नेपाली कांगे्रसका युवा नेता एवम नेपाल बिद्यार्थी संघको निबर्तमान महामन्त्रि कुन्दनराज काप्mले भने नेपाली कांगे्रका हामी स्वाभीमानी कार्यकर्तालाई धेरै मुद्धाहरु लाए राणाहरुले शरिरको मुल्य तोके , पञ्चेहरुले टाउ गिडो ,यि तानाशाह कम्युनिष्टहरुलाई सुनपानी छरर्किएर लोकतन्त्रमा प्रतिस्पर्धी चाहिन्छ भनेर कहिले यि मडले कम्युनिष्टहरुलाई राजाको पुच्छर हुदा या बिदेशीको दास हुदा समेत सुनपानी छरर्किएर ल्याएकै अब यिनीको सकिने हुने दिन छिटै आउदै छ त्यसैले छट्पटाई रहेकाछन।
मृतक नाममा आएको बृद्धभत्ता समेत खाने मेलुङ गाउँपालिकाको प्रमुखलाई यही दोलखा सदरमुकाम चरिकोटमा जनतामा माझ नाङगे झार बनाउन तरुण शक्ति काफी रहेको चेतावानी दिए । जनताले लोकतान्त्रिक अधिकार प्रयोग गरेर बिकास माग्न नपाईने मुद्धा लगाउने , एकपटक सोचे हुन्छ अध्यक्ष ज्यु हिड्ने जमिन मै हिड्न होला ,पानी मुनि गएपनि कांगे्रसले छोड्ने छैन चेतना भया बिशाल सभामा नेता काप्mलेले उद्घोष गरे । नागरिकको अधिकार कुण्ठीत पार्ने कम्युनिष्टका बिरुद्ध अब दोलखाली जनता सडक आउने छन नेता काप्mलेले बताए ।
त्यसै गरि नेपाल तरुणदल दोलखाका अध्यक्ष दावा साँगे शेर्पा ले बिना सर्त नागरिक लाई रिहा गरि पानीको ब्यबस्था नगरे जमहेरवाला जनप्रतिनिधि भइ खाएकोलाई जिल्ला प्रशासन या जिल्ला प्रहरी कार्याल कै परिसर किन नहोस कालोमोसो लगाउने चेतावानी दिए । यता नेबिस दोलखाका अध्यक्ष भिम खड्काले भने इतिहासमै नालायक सरकारले तल्लो तह देखी केन्द्र सम्म लुटपाट मचाएको छ त्यसको चिरफार गर्न नेपाल बिद्यार्थी संघले अभिायान संचालन गर्ने घोषणा गरेकाछन ।
जुलुसमा नेपाली कांगे्रसका सचिव सन्तोष रिमाल ,सहसचिव हरिशरण शिवाकोटी ,पूर्व पार्टी सभापति उदवराज काप्mले, महासमिती सदस्य नेता केशव चौलागाई , महासमिती सदस्य बाबुकाजी बस्नेत,महाधिवेशन प्रतिनिधि ईश्वर नारायण मानन्धर, प्रदेश नं २ ख का सभापति जयराज श्रेष्ठ, जिल्ला कार्यसमिती सदस्यहरु कुमार भुजेल ,राजु लामा,राकेश श्रेष्ठ ,नेपाली कांगे्रस भिमेश्नेवर नगर सभापति राजेशश्रेष्ठ नेपाली कांगे्रस नेता सुवास शिवाकाेटी नेपाली कांगे्रस मेलुङ गाउँपालिका सभापति छत्र बहादुर तमाङ,नेपाली कांगे्रस गौरिशंकर गाउँपालिका सचिव खड्का ,नेपाली कांगे्रसका युवा नेताहरु राजुकुसुम लामा ,चित्र तमाङ, विकास खड्का शकर कार्की सुजन मोक्तान,राजन बस्नेत,लगायतको सहभागिता रहेको नेपाली कांगे्रस दोलखा प्रबक्ता सन्तोष पाठकले बताएकाछन । जुलुस पछिको कोणसभानेपाली कांगे्रस दोलखाका सचिव बालकृष्ण आचार्यले संचालन गरेका छन ।
Leave a Reply