पानी खान देऊ भन्दा सर्वसाधरण नागरिक माथि बर्बर आक्रमण,उल्टै मुद्धा दाहेर

 पब्लिक संवाददाता      शनिबार, भदौ २०, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा २० भदौ । पानी खान देऊ भन्दैमा पानी माग्न पुगेका जनता माथि बर्बर आक्रमण गर्दै उल्टै जनप्रतिनिधिले प्रहरी खोरमा पुराएकाछन ।
गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ गाउँपलिका कार्यालयमा पुग्दा मेलुङ गाउँपालिका ४ भेड्पुका सर्वसाधरण नागरिक आफ्नो टोलमा खानेपानी नभएकोले पानी माग्न पुग्दा आक्रमण गर्न आए भन्ने बाहाना बनाई प्रहरी खोरमा पुराएका हुन ।
दोलखाको सरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरि स्थानिय नागरिकले आफुले भोट हालेका जनप्रतिनिधि संग विकास माग्न आउदा जनतामाथि दमन गरि बिर शम्शेर,जर्बर शम्शेरको पालाको शैलिमा गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले सत्ता र शक्तिको दुरुपयोग गरेको बताएकाछन ।
केन्द्रीय खानेपानी योजना जुन बिगतका दिन देखी रातो किताबमा परेको अरले खानेपानी योजनाको नक्कली काजत बनाई अध्यक्ष श्रेष्ठले सावितका भेड्पु वडा नं १,२ र ३ मा परेको योजनालाई बाईपास गरेकोले पानी खान देऊ भन्दैमा गाउँपालिका पुगेका पुगेका जनता माथि बर्बर आक्रमण गरेको नेपाली कांगे्रस दोलखाले घोरभत्सना गरेकोछ ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले बिगतको बर्षमा पनि यो खानेपानी आयोजनाको लागी ५ लाख रुपैया आएको भेड्पु वडा नं १,२ र ३ का नागरिकलाई दिनु पर्छ भनेर खबरै नगरेकोले योजना को रकम प्रिज भएको मेलुङ गाउँपालिका ४ का अध्यक्ष छत्रबहादुर तमाङले पत्रकार सम्मेलनमा बताए ।
भेड्पु का नागरिकमा फुट ल्याउने कुटिल चाल चाल्दै गाँउपालिका अध्यक्ष श्रेष्ठले जुकेपानी मुहान बाट पानी खाईरहेका नागरिकलाई फेरि त्यहाँ आयोजना दिन खोजे पछि साविक भेड्पु वडा नं १,२ र ३ नागरिकले बिरोध स्वारुप ज्ञापन पत्र सहित पालिका कार्यालयमा पुग्दा प्रहरी बोलाई जनता माथि दमन गरेको अध्यक्ष तमाङले जानकारी दिए ।
“सत्ताको दुपयोग गर्दै कानुन मिच्ने अधिकार कसै लाई छैन” नेपाली कांगे्रस दोलखाका नेता बर्मा लामाले भने ‘रातो किताबमा परेको केन्द्रीय खानेपानी आयोजना गाउँपालिका अध्यक्षले अन्यत्र सार्न पाउदैन ।’ कानुनी अधिकारको सुनिश्चित गर भन्दै ज्ञापन पत्र लिएर गएका महिला दिदि बहिनी सहितको टोली माथि बर्बर आक्रमण गर्दै उल्टै थुन्ने काम भएकोछ यसको प्रतिकार जनता ले नै गर्ने छन ,परिमाणको पर्खाईमा बस्न नेता लामाले चेतावानी दिए ।
नारा जुलुस गरेर जनता बिकास माग्न जाँदा कायर र निज सोच्चेले मर्न आए भनेर प्रहरी बोलाई जनता माथि बर्बर आक्रमण भएकोले दोलखा कांगे्रस हातमा दहि जमाएर बस्दैन नेता लामाले भने ।
तत्काल सर्वसाधरण जनतालाई रिहाई गरि पानी त्यही बस्तीमा नदिए आन्दोलनको आँधिबेरी सृजना गर्ने नेपाली कांगे्रस दोलखाले जनाएकोछ ।
सता र शक्तीको आडमा भएका भ्रष्चारको बिरोध गर्ने नेपाली कांगे्रसका कार्यकर्ताहरु थुनाएपछि मोरल डाउण्ड हुन्छ र जिल्ला भरि बिरोध गर्दैन अनि झन चरम भ्रष्चार गर्ने दाउमा स्वाभिमानी सर्वसाधरण नागरिक माथि आक्रमण गरि मुद्धा चलाएको मेलुङ गाउँपालिका ७ का वडा अध्यक्ष राजुकुशुम लामाले दाबि गरे ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहर िनायव उपरिक्षक रेवतीरमण पोखरेले भने गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले दोलखाको इतिहास मै पहिलो पटक आफैं जाहेरवाल भई उपद्रोह मुद्धा दिएकाछन । उनीहरुलाई कस्तो ,कति ,के कार्वाही हून्छ आफु पनि अनविज्ञ रहेको डिएपी पोखरेलले बताए । नयाँ मुद्धा भएकोले सरकारी वकिल संग पारामर्श गरि अघि बढाउने उनले बताए । आज शनिबार भएकोले आईतबार यो मुद्धा प्रकृया अघि बढाउने पोखरेलले जानकारी दिए । प्रहरीले बिहिबार साविकको भेड्पु गाविस १,२ र ३ का ५ जना सर्वसाधरण नागरिक पक्रिएर उपद्रोह मुद्धा चलाएकोछ ।
यता गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले टेलिफोन सम्पर्कमा भने गाउँले केटाकेटी महिला अघि लगाएर जुलुस सहित ज्यान मार्ने उदेश्यले आएकोले आफु बाँच्न प्रहरी बोलाएको बताए । प्रहरीको अघि आक्रमणको हरकद गरेकोले शान्ति सुरक्षामा खल्लपुराउने केही उछिरिङखल तत्वलाई कानुन दायरमा ल्याई कावार्ही गर्न आफुले जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी दिएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *