जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तिन बर्ष देखी डाक्टर बिहिन ,बिना मियाेको दाईँ

 पब्लिक संवाददाता      शुक्रबार, भदौ १९, २०७७      0

दोलखा १९ भदौ । स्वास्थ्य मन्त्रमलयबाट तिन बर्ष अघि सरुवा भएका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका प्रमुख अहिले सम्म हााजिर हुन नआउदा नागरिकहरु उचित स्वास्थ सेवा पाउनबाट बञ्चित भएकाछन ।
२०७५ मंसिर १३ मा स्वास्थ्य मन्त्रमलयबाट सरुवा भएका डाक्टर अमुल्य दहाल दोलखा नआउदा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डाक्टर बिहिन भएको हो । “डाक्टरले दिने आयुवेद स्वास्थ्य सेवा र सहायक कबिराज ,कविराज र बैद्यले दिनेमा मा कति अन्तर हुन्छ कतिको गुणस्तरिय हुन्छ हामीले हेरेका छौ” भिमेश्वर नगरपालिका ३ वडा अध्यक्ष हरिशरण शिवाकोटीले भने ।
सम्बन्धित वडाका अध्यक्ष शिवाकाटी भन्छन डाक्टर सुरेन्द्र राय पछि सदरमुकाम चरिकोटमा रहेको एक मात्र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कबिराज भरमा चल्नु नै दोलखाली नागरिक स्तरिय स्वास्थ्य सेवा लिनबाट ठग्गीनु हो।
मुलुक कोराना बाट आक्रान्त बनेको छ ,दोलखा जिल्लामा दिन प्रतिदिन कोराना पोजेटिभको संख्या बढी रहेको नागरिकको प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदीक औषधी तत्काल आबश्यक परिरहेको छ अब हामी कविराजको मात्र कसरी बिश्वास गर्ने राज्य कति निकम्म छ तिन बर्ष सम्म डाक्टर पठाउदैन उनी दुखेसो गर्छन ।
अध्यक्ष शिवाकोटीले भने निमित कार्यालय प्रमुख बनेका दोलखा मेलुङ गाउँपालिका ४ स्थायी ठेगाना भएका बरिष्ठ कबिराज बिमल श्रेष्ठ तिन बर्ष सम्म कुम्भकर्णको निन्द्रामा छन ,पटक पटक डाक्टरको लागी ताकेत पत्र पठाउन छोडेर ।
बिना मेहेको दाईँ भएको छ,जिल्ला आयुवेद स्वाथ्य केन्द्रमा । कार्यालय सहयोगीहरुलाई बनमा पठाई जरिबुटी संकलन गर्न लगाई आफैले औषधि बनाई बिरामीलाई दिन ब्यस्त छन । कतिको गुणस्तरीय छ , प्रयोग गर्न मिल्ने छ की छैन, यो औषधि कस्ले जाँच्ने नागरिकको स्वास्थ्यमा यसरी दिनौ खेलबाड भइरहेको छ । सुचना अधिकृत हरिनायण महतो १९ दिनको बिदा लिएर घर गएका पनि २४ दिन भयो उनी फर्किएका छैन ,निमितलाई पनि केही खबर छैन ।यो कस्तो बेथिति हो ।
निमित कार्यालय प्रमुख श्रेष्ठ भन्छन अरु औषधि भन्दा अफिसमा हामीले बनाएको औषधिले चाही बिरामी निको भएका छन । हामीले दिर्घ रोगी लगायतका बिरामीलाई सोध्दा यही प्रतिक्रिया आएको उनको दाबि छ । अस्पतालबाट कुनै पनि औषधि आप्mनो मिडिकलमा नलगेको उनले बताएकाछन । यो गतल हल्ला मात्र हो श्रेष्ठले भने ।
चरिकोटका बस पार्कमा निमित्त कार्यालय प्रमुखको अभियान आयुर्वेद फर्मा छ । नेपाल सरकारले अस्पातलको लागी दिएका औषधि राम्रा र बहुमूल्य अशोक गन्ध चुर्ण ,योगराज गुगुल,एसटी मधु,अभिपत्तिकरण ,चेबन पराष्ट सिलाजित,तुलसीजित,गुढुचित लयातका औषधि उनका मेडिकलमा पुग्ने र यही बनाएका औषधि बिरामीलाई दिने गरेको स्थानियले आरोप लगाएकाछन ।
फ्रेस जडिबुटी बाट बनेको भन्दै गुणस्तरहिन औषधि बिरामीलाई भिडाई अरुबाट कमाउ भन्दा श्रेष्ठको प्mट्याएको आरोप स्थानियको छ । लकडाउण्डको समयमा पनि दैनिक २०/२५ जना बिरामी आएको जिल्ला केन्द्रले जनाएकोछ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *