दोलखा, १८ भदौ । दोलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा एक बिरामी महिलाको मृत्यु भएपछि तनाव भएको छ ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर १ स्थायी घर भएकी ३८ वर्षीया अमृता थामीको उपचारका क्रममासामुदायिक अस्पतालमा मृत्यु भएकोले तनाव भएको हो ।
अस्पतालको लापरबाहीले गर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा प्रदर्शन गरेकोले तनाव सिर्जना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोछ ।
मृतकको आफन्तले मृत्यु भएपछि आफुहरुलाई कुनै जानकारी नगराइ शव प्रस्तावित चरिकोट अस्पतालको शव गृहमा लगिएको भन्दै आपत्ति जनाएका छन ।
कालिञ्चोक घर भई भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित फुलबारीमा बस्दै आएकी थामीलाई बुधबार दिउँसो जिउ दुख्ने समस्या भएर अस्पताल ल्याईएको थियो ।
सामुदायिक अस्पतालका सञ्चालक अमृत बुढाथोकीले ती महिलालाई गम्भिर अवस्थामा अस्पताल ल्यार्ईएको र उपचारको क्रममा या परिक्षणको रिपोर्ट आउन नपाई उनको मृत्यु भएको बताउनुभयो । सञ्चालक बुढाथोकीले मृतकको शब बुझ्न आफन्तजन नआएपछि स्थानीय प्रशासनसँगको समन्वयमा शबलाई शबगृहमा पठाएको जानकारी दिए ।
Leave a Reply