चरिकोटमा थप ७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या १८ पुग्यो

 पब्लिक संवाददाता      बुधबार, भदौ १७, २०७७      0

प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको आइसोलेसनमा रहेका ७ जना कोरोना संक्रमणमुक्त भएर बुधबार डिस्चार्ज भएका छ्न् । कोरोना भाइरस संक्रमण देखिए पछि चरिकोट आइसोलेसनमा राखिएका उनीहरुको पुनः गरिएको पीसीआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि ४ महिला र ३ पुरूष गरी ७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमण जितेर घर फर्किनेहरुमा ४ एनजिओकर्मी, २ सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभुकुमार झाले बताए । यो सहित बुधबारसम्म दोलखामा कोरोना जित्नेहरूको संख्या ६ महिला र १२ पुरूष गरी १८ जना पुगेको छ ।

बुधबार कोरोना संक्रमण मुक्त हुनेहरुको स्वाब भदौ २ संकलन गरिएकोमा १० दिनपछि पुनः भदौ १२ गते परीक्षण गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको थियो । दोलखाबाट स्वाब संकलन गरिएकामध्ये बुधबारसम्ममा ११ महिला र २० पुरूष गरि ३१ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमण मुक्त हुनेहरूमा चितवनको तालिमबाट फर्केका एनजीओकर्मी इन्दिरा अर्याल, गंगा रिमाल, सुमन श्रेष्ठ, सिर्जना थामी रहेका छन् । स्वास्थ्यकर्मी पन्जु तामाङ तथा प्रहरीद्वय राम ठाकुर र कृष्ण कुमार यादब बुधबार डिस्चार्ज भएको प्रमुख झाले जनाए । निको भएर फर्केका हुन्।

कोरोना संक्रमण मुक्त भएका उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका स्वास्थ्यकर्मीको टोलीले बिदाई गरेका थिए । प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर डा। बिनोद दंगालले उनीहरुलाई कोरोना संक्रमण मुक्त भएको प्रमाणपत्र प्रदान गरेका थिए । जिल्लामा अझै ८ पुरूष र ५ महिला गरि १३ जनाको विभिन्न स्थानका आईसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय दोलखाको तथ्यांक छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *