कालिञ्चोक क्षेत्र अत्यन्तै जोखिम,केवलकार घिर्लिङ भन्दा कम गुणस्तर भएको आरोप

 पब्लिक संवाददाता      मङ्लबार, भदौ १६, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा १६ भदौ । दोलखाको कालिञ्चोकमा जंगल तथा चरण क्षेत्र कब्जा गरि बनाइएकोे केवुलकार अत्यन्तै जोखिम रहेकोछ । यस क्षेत्रमा जमिन ठाउँ ठाउँमा भाँसिएको छ ,दुर्घटना हुने सम्भावना बढी देखिन्छ त्यसैले जोखिम रहेको हो ।
नागरिकको सुरक्षालाई ध्यान नदिई पैसा कमाउने उदेश्यले बनाईएको केवुलकार ,केवुलकार नभई घिर्र्लीङ भएको नागरिक समास दोलखाले जनाएको छ ।
दोलखाको जिल्ला प्रशासन कार्यालयमा नागरिक समाजका अगुवा ,सम्पूर्ण संचारकर्मी उपस्थित भई प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा ,प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेल,शसस्त्र प्रहरी १८ नं गुल्मका प्रहरी नायव उपरिक्षक मर्हजनलाई अबैधरुपमा कब्जा गरिएका सरकारी भुमी ,यहाँ बाट हुने तस्करी ,नागरिक सुरक्षाका बिषयमा जानकारी गराउदा कालिञ्चोकको केवुकार नभई घिर्र्लीङ भएको बताएकाछन ।
नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले जनताको ज्यान जोखिममा पारेर केवुलकार बनाउने नाममा घिर्र्लीङ झुण्डएकोले तत्काल कावार्ही प्रक्रिया अगाडी बढाउन प्रमुख जिल्ला अधिकारी लाई सुझाव दिएकाछन । उनी भन्छन यो त केवुलकार रै होइन एउटा घिर्र्लीङमा चढ्दा बरु सुरक्षित होला यसले त प्रत्येक नागरिककलाई प्रेसरको बिरामी बनाउनछ ।
बिच बिच गएर रोकींदाको आप्mनै अनुभव सुनाउदै नागरिक अगुवा मास्केले भने घिर्र्लीङलाई सुरक्षाको हिसाबले थप मजबुत बनाउन तत्काल स्थानिय प्रशासन लागी पर्न आबश्यक छ । कालिञ्चोक सरोकार तथा संघर्ष समितिले कालिञ्चोक केबलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाउदै आएको छ । कालिञ्चोक केबलकारको निर्माण नै अनधिकृत रुपमा भएको छ, राष्ट्रिय जंगल तथा चरन क्षेत्रलाई कब्जा गरेर बनाईएको छ, त्यस क्षेत्रका मानिसहरुले कालिञ्चोक भगवतीमाईको सभ्यता, ईतिहासलाई जोगाएर राख्न पटक पटक नागरिक आन्दोलित भए तर सत्ता र शक्तिको आडमा राष्ट्रिय जंगल, सम्पदा र चरन क्षेत्रहरु मासि केवुलकार बनाएकाछन ।
कपोकल्पित रुपमा नक्कली गुठी निर्माण गरि भूमि सुधार मन्त्रालयस्तरीय निर्णयबाट उक्त क्षेत्र कालिञ्चोक, त्रिपूरा सुन्दरी र भीमेश्वर गुठीको नामाकरण गरेको पाईन्छ, त्यो सरासर कानूनविपरित, बिना अध्ययन, बिना आधार कुनै व्यक्तिको प्रलोभनमा परेर सत्ता र शक्तिको दुरुपयोग भएको छ ।
कालिञ्चोकमाईको गरिमालाई जीवन्त बनाईराख्न हो, मन्दिरको प्राकृतिक रुप र आकारलाई बचाईराख्न हो, मन्दिरमा लाग्ने मेलाहरुमा आन्तरिक तथा बाह्य भक्तजनहरुले परम्परागत रुपमा धर्मकर्म र आवतजावत गर्न पाउनुपर्छ, प्राकृतिक रुपमा बनेका बाटोहरु यथावत रहनुपर्छ, व्यक्तिगत लाभ र सम्पति कमाउनको लागि कसैलेपनि राष्ट्रिय सम्पति कब्जा गर्नुहुँदैन ।’
‘दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका १, कालिञ्चोक दर्शन लिमिटेड(गौंशाला काठमाडौं) ले केवुलकार निर्माण गरेको छ । कपोकल्पित गुठि तयार गरी सो गुठिको नामबाट कालिञ्चोक दर्शन प्रालिले भोग अधिकारका लागि पुनः २.४१ हेक्टर राष्ट्रिय जंगल सम्झौता गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *