चार डोज इन्जेक्सन लगाए पनि मृत्यू हुन सक्ने ःरेविजको इन्जेक्सन बिज्ञ

 पब्लिक संवाददाता      सोमवार, भदौ १५, २०७७      0

दोलखा १५ भदौ । दोलखाको मेलुङ गाँउपालिमा रेविजको इन्जेक्सनको बेवस्ता गरेका कारण हाल सम्म तिन जानको मृत्यु भएको छ ।
असार २६ गते कुकुरले वडा नम्बर ५ र ६ का १० जनालाई टोक्के थियो । कुकुरको टोकाईबाट मृत्यु भएकाहरुको सम्पर्कमा पुगेका गरी ५१ जनालाई रेविज रोग विरुद्धको भ्याक्सीन दिइएको छ । १० जनालाई टोक्ने त्यो कुकुर बहुला कुकुर भएको आशंकामा पीडितहरुले नजिकको मेडिकलमा रेविजको इन्जेक्सन लगाए ।
रेविजको इजेक्सन सहि भएपनि समय तालिका अनुसार नभएका कारण औषिधिले काम नगरेको हुने सक्ने स्वाथ्य कर्मीहरु बताउछन । रेविजको इजेक्सनको पुरा डोज पुराउनु पर्छ भन्दा एक जना एक पटक लगाएर गएपछि नआएको र अर्का एकजना खोपै लगाउन नआएको गाउँले हरुले बताए । ३२ बर्षका रामचन्द्र भण्डारीले भने चार डोज इन्जेक्सन लगाई सकेको थिए तर उनको पनि मृत्यु भएको छ ।
रेविजको इजेक्सन सम्बन्धीका बिज्ञहरु भन्छन रेविज रोग लागेपछि ९० प्रतिशत बिरामीको ज्यान खतरामा हुन्छ ,अझ शरिरको माथिल्लो भागमा बौलाह कुकुरले टोकेपछि झन बाँच्न गाह्रो हून्छ । माथिल्लो भागमा छिटो फैलिने हुदा बढी मृत्यु हुने सम्भावना बढ्छ बिज्ञहरु बताउछन । यता ३२ बर्षका रामचन्द्र भण्डारीलाई पाखुरामा बौलाहा कुकुरले टोकेको उनका आफन्तहरुले बताएकाछन ।
स्थानिय मेडिकल संचालक कृष्ण बहादुर कार्की स्वास्थ्यकर्मी भएपनि उनले मेडिकल दर्ता नगरि चलाएको स्थानियबासीहरुले अरोप लगाएकाछन । मेडिकल दर्ताको प्रमाण पत्र लिने प्रक्रियामा रहेको बताउदै कार्कीले औषधि बेच्दै आउनु नेपाल सरकारको कानुनको उपहास गर्नु हो ।
मृतकको भाइ हरिशचन्द्र भण्डारीले रेविज खोप लगाउने स्थानिय मेडिकलका स्वास्थ्यकर्मी कृष्णकुमार कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा मुद्दा दर्ता गरेका छन् ।जिल्ला प्रहरी कार्यालय दोलखाले कार्की विरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको र आवश्यक छानविन गरिरहेकोछ ।
मेलुङ गाँउपालिकामा अहिले महामारी रोग नियन्त्रण महाशाखाबाट रेविज रोग विरुद्धको भ्याक्सीन दिएको छ । कुकुरको टोकाईपछि गाँउपालिका भरी रेविज आतङ्क फैलिएपछि अहिले गााउपालिकाले सबै वडामा रहेको छाडा तथा घर पालुवा कुकुरलाई रेविजको इन्जेक्सन लगाउने र कुकरले टोकेको तथा कुकुरको टोकाईबाट मृत्यु भएकाहरुको सम्पर्कमा पुगेकाहरुलाई समेत रेविजको इन्जेक्सन दिन विशेष महामारी रोग नियन्त्रण महाशाखा टेकुको टोलिले अभियानकै रुपमा काम सुरु गरेको गाँउपालिका ले जनाएकोछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *