दीपशंकर चौलागाई ,दोलखा १४ भदौ । प्रहरीकै मिलेमतोमा तामाकोसी नदी आसपासका क्षेत्रमा बालुवा उत्खनन र तस्करी बढेको छ ।
दोलखाको किरातीछाप प्रहरी चौकीकै सेटिङमा तामाकोसी नदी आसपासका क्षेत्रमा रातभर बालुवा उत्खनन र तस्करी बढेको खुलासा भएको होे ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतीरमण पोखरेल समक्ष नागरिक समाज दोलखा अगुवा रमेश खतविडाले प्रहरीकै मिलेमतोमा तामाकोसी नदी आसपासका क्षेत्रमा रातभरीे बालुवा उत्खनन र तस्करी बढेको बताएका छन ।
खतिवडाले भने र्चौकीका एक जना ईन्चार्ज असईले बालुवा निकाल्न गरेको सेटिङ र पैसा माग गरेको सम्वाद सहितको अडियो टेप जिल्लाका केही पत्रकारले हात पारेर स्थानिय सुरक्षा अधिकारीहरुलाई सुनाएको समेत बताए ।
स्थानिय नागरिकले दोलखा प्रहरीको चर्को बिरोध गरेपछि जिल्ला प्रहरी कार्यालयले दुई महिनाको बिचमा तिन जना चौकी ईन्चार्ज (असई) फेरिसकेको छ । किराँतीछाप चौकीले बालुवा निकाल्न तामाकोसी नदी भरी सेटिङ मिलाउने गरेको आरोप तामाकोशी बजारका स्थानियले बताएकाछन ।
नागरिक अगुवा र संचारकर्मीकोे जवाफमा दिंदै जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतीरमण पोखरेल उम्कीन खोजे । पोखरेलले बालुवा निकाल्ने कार्यमा प्रहरीको संलग्नता हुदै नभएको जिकिर गरे । उनले जिल्ला प्रहरी कार्यालयले अवैध रुपले डोजर हाल्ने कार्यमा संलग्नलाई थुप्रै पटक पक्राउ गरेको बताए । हामीले मात्र बालुवा उत्खन्न गर्नेलाई पक्राउ गर्न सहज अबस्था नदेखीएकोले सशस्त्रको टोली समेत संगै लगेको पोखरेलले प्रष्ट्याए । यता ,जनपथ प्रहरी तस्करहरु संग चुकेको कारण सशस्त्रको टोली पठाए हुन सक्ने अनुमान गरिन थालेको छ । दोलखाका संचारकर्मीहरुको माझ पोखरेलले कुनै प्रहरी कर्मचारीले गल्ती गरेको भेटिए कारबाही हुने बताए ।
दोलखाका स्थानिय बुद्धिजिबिहरु भन्छन सशस्त्र युद्धको समयमा आप्mनो दुश्मन संग लडेर प्रहरी संगठन गौरबमय छबि राख्ने जनपथ प्रहरी १० ÷१५ जना बालुवा तस्कर लड्न नसकेर सशस्त्र प्रहरी बल लिए गयौं भनेर संचारकर्मी माझ डियसपी पोखरेलले भन्नु नेपाल प्रहरीको गौरबशालि इतिहासमा दाग लागाउनु हो । ”
जिल्ला समन्वय समितिले असारदेखि उत्खनन् गर्न रोक लगाईए पनि तामाकोसी नदीमा जनप्रतिनिधिका नजिकका मान्छे भनेर चिनिने युवाहरुको समूहले मध्यरातमा बालुवा तस्कर गरि रहेकाछन । शुक्रबार मात्र मध्यरातमा पहिलो पटक सशस्त्र प्रहरी बलको सहयोगमा गैरकानूनी रुपमा बालुवा तस्करमा संलग्न २ जना चालकसहित डोजर र स्कावेटर नियन्त्रणमा लिएको थियो । भीमेश्वर नगरपालिको तामाकोशी बजार साईट, ताकोशी पारी वैत्येश्वर , गोपीखोला, चैत्यघाट, तामाकोसी गाउँपालिकाको ढोलीखोला आसपासका क्षेत्रमा रातभर युवा समुहहरु बिच अवैध रुपले बालुवा निकाल्ने कार्य तीव्र छ।
क्रसर ले पनि राता रात बालुवा झिकेर थुपारेकाछन, कहाँबाट आयो बालुवा आकाशबाट की पातलबाट, यिनीहरुलाई पनि छानबिन गरि कार्वही गर्नु पर्छ नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए । उनले भने कानुन सबैको लागी बराबर हो ।
आतबार जिल्ला समन्वय समिती दोलखाका प्रमुख एवम नदिजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले तामाकोशी नदिको किनारमा अवैध रुपमा स्काभेटरको प्रयोग गरि नदि उत्खनन् गरि बालुवा झिक्दै गरेको स्काभेटर लाई तीन लाख र २ वटा टिपरहरुलाई ३०÷३० हजारका दरले जरिवाना गराउने निर्णय गरेको छ ।
Leave a Reply