गौरीशंकर बहुमुखी क्याम्पसको आर्थिक अवस्था नाजुक, सबै प्राध्यापकको करार अवधि नथपिने

 पब्लिक संवाददाता      शनिबार, भदौ १३, २०७७      0

दोलखा १३ भदौ । गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटको आर्थिक अवस्था अत्यन्तै न्यून भएका कारण प्राध्यापकहरुको करार अवधि नथप्ने निर्णय गरिएकोछ ।
क्याम्पस प्रशासनले महायज्ञ लगाई संकलन गरेको करिब ४० लाख रकमसमेत भौतिक निमार्णका नाममा क्याम्पस व्यवस्थापन समितिले खर्च गरेका कारण चल आर्थिक अवस्था शून्य भएकोले प्राध्यापकहरुको करार अवधि थप नगरको हो ।
गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका क्याम्पस प्रमुख शान्त केसीले “राजेन्द्र मानन्धर अध्यक्ष रहेको क्याम्पस व्यवस्थापन समितिले सुनिल अाचार्य क्याम्पस प्रमुख रहदा नै महायज्ञ लगाई संकलन गरेको करिब ४० लाख रकमको भौतिक निमार्ण गरेको तथ्याङ्क आफूसँग रहेको स्वीकार गरे ।”
व्यवस्थापन समितिको साउन ३२ गतेको बैठकले सम्पूर्ण प्राध्यापकहरुलाई भाद्र १ गतेबाट बेतलबी बिदामा राखी करार अवधि थप नगर्ने निणर्य गरेको क्याम्पस प्रमुख केसीले बताए । आन्तारिक स्रोत बाट जम्मा भएको रकम समेत शैक्षिक उन्यनमा नभई भौतिक निर्माणमा ब्यबस्थापनले खर्च गरेको क्याम्पसले जनाएको छ ।
यता प्राध्यापक संघका अध्यक्ष गोपाल न्यौपानेले भने गौरीशंकर बहुमुखी क्याम्पसको व्यवस्थापन समितिले अव्यवहारिक अस्वाभाविक दम्भ देखाएर निर्णय गरेको बताए । उनले भने’क्याम्पसमा नियमित पठन पाठन शुरु भएपश्चात क्याम्पस संचालन गर्न विषयगत आवश्यकताअनुसार करारमा बोलाउन सकिने भनी गैह्र जिम्मेवारी निणर्य गरेको छ ।’ न्यौपानेले भन्नु भयो ‘शिक्षकहरुलाई मानसिक तनाव दिन र आफ्ना विश्वासपात्र भित्राउन गरेको यस्तो निर्णय आपत्तिजनक जनक छ ।’
उनले भने ’क्याम्पस व्यवस्थापन समितिको बैठकमा प्राध्यापक संघको प्रतिनिधि पनि सहभागी गराउनु पर्नेमा म काठमाण्डौ गएको मौका छोपी साउन ३२ को बैठकको लागि ३१ गते बेलुकी खबर गर्ने व्यवस्थापन समितिको नियतनै खराब रहेको प्रष्ट हुन्छ ।’ प्राध्यापक संघका सचिवलाई बैठकमा सहभागी हुन पठाउँदा क्याम्पस प्रमुख एवम् व्यवस्थापन समितिका सदस्य सचिव केसीले प्राध्यापक संघका सचिव प्रकाश दाहालको फोन नउठाउनु नै प्राध्यापकमाथि अपराध गर्न खोजेको प्रमाणित हुन्छ ।’ प्राध्यापक संघका अध्यक्ष न्यौपानेले भने ’१८ वर्षदेखि निरन्तर काम गर्ने प्राध्यापकहरु दुई दिनआउने हरुको खेलौना बन्न सक्दैनन ।आन्दोलनको आँधिबेहरीसहित हैसियत देखाउनेछ । यो प्राध्यापक संघको चेतावानी हो ।’
मानन्धर अध्यक्ष बनेर आएपछि शैक्षिक सुधार शून्य तर भौतिक निर्माण भने भएको देखिन्छ । यसमा पनि भौतिक निर्माणको काम गर्दा क्याम्पस व्यवस्थापन समितिका अधिकांश सदस्य अनविज्ञ गरेको स्वीकार्छन् । अरुले जम्मा गरेको खर्च गर्न सजिलो हुन्छ, आफैले सहयोग जुटाउन भीमकाय पहाड उठाएजतिकै हुन्छ ,व्यवस्थापन समितिका एक जिम्मेवार सदस्यले भने । शैक्षिक क्षेत्रमा योगदान नै नभएका व्यक्तिलाई राजनैतिक चलखेलका आधारमा जिम्मेवार पद दिँदा जिल्लाकै पहिलो बहुमुखी क्याम्पसको अवस्था दयनिय बनेको हो ।नेबिसंघ गौरीशंकर क्याम्पस इकाईका एक नेताले बताए ।
जिल्लाका एउटा सहकारी संस्थामा तत्काल झिक्न नमिल्ने गरी क्याम्पसले राखेको करिब ३ लाख जति पैसा होला, अरु क्याम्पसको खातामा पैसा निल भएकाले क्याम्पस प्रमुख , आफु र प्रशासनका कर्मचारीलाई खाइ पाई आएको तलबको ५० प्रतिशत मात्र दिने निणर्य गरेको सहायक क्याम्पस प्रमुख सुवास रिमालले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *