छविन्द्र चौलागाई,दोलखा ११ भदौ । स्कुल अफ डेमोक्रेसी दोलखाले भीमेश्वर नगरपालिका ७ साखिनेका पहिरो पीडित ३२ घरधुरीलाई खाध्यान सहयोग गरेकोछ ।
स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिती दोलखाका अध्यक्ष प्रभुराम बस्नेतको आर्थिक सहयोगमा पहिरो पिडित परिवारलाई चामल ,दाल ,तेल नुन प्रदान गरेको हो ।
खाध्यन्न सामाग्री हस्तान्तरण गदै कार्यक्रमका प्रमुख अतिथि नागरिक समाज दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले “जहाँ नागरिकलाई दुख पर्छ त्यहाँ नेपाली कांगे्रसका स्वाभिमानी नेता तथा कार्यकर्ताको उपस्थिति रहन्छ र दुखमा परेका नागरिकको चराई रहेको घाउमा मलम लगाउने काम हुने गर्छ ।”त्यसैले आज समासेवि नेपाली कांगे्रसका नेता प्रभुराम श्रेष्ठ रोजनागिका ३२ घर धुरीका पहिरो पिडितलाई एकल खर्चमा खाध्यन्न प्रदान गरेको बताए ।
स्कुल अफ डेमोक्रेसी दोलखा शाखाका उपाध्यक्ष भीम खड्काको सभापतित्वमा सम्पन्न खाध्यन्न सामाग्री हस्तान्तरण कार्यक्रमा नेपाली कांगे्रस प्रदेश नं २ ख का सचिव राजन बस्नेत, नेपाली कांगे्रस भिमेश्वर नगरपालिकाका सचिव शंकर कार्की , नेपाली कांगे्रस भिमेश्वर नगरपालिकाका वडा नं ७ सभापति राम बहादुर भुजेल, वडा नं ७ का अध्यक्ष कैलाश श्रेष्ठ, स्कुल अफ डेमोक्रेसी दोलखा शाखाका सचिव डम्बर चौलागाई ,सहसचिव राजेश बस्नेत , स्कुल अफ डेमोक्रेस सदस्य नारायण ठकुरी ,नेपाली कांगे्रसका स्थानिय नेताहरु साईला तमाङ,बासु बस्नेत,कर्मा लामा उपस्थिती रहेको थियो ।
पहिरो पिडित साखिने बासीको लागी अध्यक्ष श्रेष्ठले करिब ७० हजारको खाध्यन्न सामाग्री प्रदान गर्नु भएको स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमितीका सचिव डम्बर प्रसाद चौलागाईले जानकारी दिए ।
Leave a Reply