
दीपशंकर चौलागाई ,दोलखा ९ भदौ । नेपाली कांगे्रसका केन्द्रीय सदस्य एवम नेपाल सरकारका पूर्व मन्त्रि शंकर भण्डारी र संघिय संसद एवम नेपाली कांगे्रसका लोकप्रिय नेता जिपछिरिङ लामाले दोलखाका पहिरो पिडित राहत बितरण गरेकाछन ।
जहाँ नागरिकको दुख त्यहाँ नेपालीका कांगे्रसका मनबिर नेताहरु भन्ने आर्दशलाई सार्थक बनाउदै कालिञ्चोक गाउँपालिका ५ लापिलाङका देउपुरथली र भैसे कांडेघारीगाउँ पहिरो पडितलाई तत्काल लागी ३७ थान त्रिपाल ,४० बोरा चामल नेता भण्डारी र लामाले राहत प्रदान गरेका थिए ।
सोही ठाउका पहिरो पिडितको लागी नेता सिताराम ठकुरीले १० बोरा चमाल समेत प्रदान गरेकाछन । राती भिर खसेर बिचल्नी परेका यहाँ नागरिकको उदारको लागी संघिय,प्रदेश र स्थानिय सरकारका प्रतिनिधि कोही नआएको गुनासो आएपछि नेपाली कांगेस दोलखाका युवा नेता सन्तोष पाण्डे र तरुण दल दोलखाका नेता पदम पाठकको अगुवाईमा राहत संकलन गरि पहिरो स्थलमा पुराई बितरण गरिएको छ । लापीलाङमा पहिरो अहिले पनि खसिरहेकोछ । रात भर एउटा ठाउमा जम्मा भएर जागै भएर बस्नु परेको पहिरो पिडितहरुले बताएकाछन ।
यि नागरिकको मतले जित्ने नागरिको पिडामा मलम लगाउन त परै जाओस उपस्थित समेत नहुने जनप्रतिनिधको ब्यबहार प्रति जनता अक्रोशित भएकाछन । मकै ,कोदो भएको बारी पुरिकोछ । खानेपानीको ट्यांकी समेत पुरिदा धमिलो पानी खान समेत बाध्य भएको पिडितले गुनासो गरेकाछन ।
छिमेकी वडा ५ का जनप्रतिनिधि डबल पाण्डे जिल्ला समन्वय समितीको दोलखाका प्रमुख , वडा नम्बर ६ कै बिनकुमार थामी गाउँपालिका प्रमुख हुदा पनि उनीहरुले नागरिकलाई उदार र राहत प्रदान गर्ने त परै जाओस उपस्थित समेत भएका छैन ।
नेपाली कांगे्रस दोलखाका सचिव दोय सन्तोष रिमाल र बालकृष्ण आचार्य , नेपाली कांगे्रस प्रदेश नं २ ख मा सभापति जयराम श्रेष्ठ, तरुणदल दोलखाका उपाध्यक्ष बिदुर कार्की र नेपाल बिद्यार्धी संघ दोलखाका अध्यक्ष भिमबहादुर खड्का लगायतको टोली सो स्थान रमहत पुराई ५५ थान त्रिपाल,५५ बोरा चामल पहिरो पिडितलाई सहयोग गरेकाछन ।
नेपाली कांगे्रस कालिञ्चोक गाँउपालिका ५ लापिलाङ नेता सहदेव खड्काको बिशेष पहलमा दुई पटक पहिरो बाट बढी प्रभावित ५५ घरपरिबारलाई राहत बाँडेकाछन । स्थानिय समाजसेवि युवा खड्काले सहयोगी हातहरुलाई यहाँका पिडितलाई सहयोग गर्न अपिल गरेकाछन । पहिरो स्थल दोलखाको सदरमुकाम चरिकोट बाट करिब ३२ किलोमिटरको दुरिमा रहेकोछ ।
यता, दुःखी नागरिकका मुटुका ढुक्ढुकी मनविर नेता लामाले गौरिशंकर गाउँपालिकाका पहिरो पिडित र मृतकको परिवारलाई नगद एक लाख तत्कालका रुपमा सहयोग गरेका छन ।
Leave a Reply