पब्लिक संवाददाता
मङ्लबार, भदौ ९, २०७७
0
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट बचाउनका लागि इङल्याण्डमा सरकारले नयाँ नियम लागु गरेको छ । नियम अनुसार आफ्नो घरमा कोही पनि नयाँ व्यक्तिसंग यौन सम्पर्क गर्न पाइने छैन । यो नियम लकडाउनको गाइडलाइन अनुसार बनेको हो ।
गाइडलाइन अनुसार कुनै पनि व्यक्तिले आफ्नो घरमा एकजना भन्दा बढी पाहुना बोलाउन पाउने छैन र कसैको घर जाने व्यक्तिले पनि अर्काको घर जानुको उचित कारण पेश गर्नुपर्ने छ । यो नियम लकडाउन अवधिका लागि मात्रै भएको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेको छ । त्यति मात्रै हैन रातको समयमा जो कसैलाई पनि अर्काको घरमा बास बसे कार्वाही हुने जनाएको छ ।
Leave a Reply