सदरमुकाम चरिकोटमा पि सी आर पोजेटिभ आएको हल्ला भ्रामक, जिल्लामा १२ जनामा पोजेटिभ

 पब्लिक संवाददाता      शनिबार, भदौ ६, २०७७      0

नारायण ठकुरी

राताे गुराँस स‌वाददाता

दोलखा ६ भदौ । एक सय ८४ जना दोलखाली नागरिकको पि सी आर चेक गरेको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जानएको छ ।
भदौ ५ गते दोलखाको गौरिशंकर गाउपालिका एक सय ४१ जनाको पि सी आर रिपोर्ट सार्वाजानिक भएकोमा ४ जनाको पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु कुमार झाले बताए ।
सदरमुकाम चरिकोटवासीमा पि सी आर पोजेटिभ आएको भन्ने हल्ला सत्य नभएको बताउदै झाले भन्नु भयो भीमेश्वर नगरपालिका बाट ६२ जना,जिरीबाट ११,बिगु गाउपालिका बाट ५४,कालिञ्चोक गापा १७ जना,बैत्यश्वरबाट ५ जनाको पि सी आर चेक गरि पठाएकोमा हाल सम्म कसैको पनि रिपोट आएको छैन । शनिबार तामाकोशी गाउँपालिकाको केही नागरिकको पि सी आर चेक गर्ने उनले बताए ।
गतहप्ता मात्र ७ जनामा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले थप ४ जनामा कोरोना संक्रमण भेटिएको हो ।
७ जनाको सम्पर्कमा पुगेका १४१ जनाको स्वाब परीक्षण गर्दा २ महिला र २ पुरुष गरी थप ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले जानकारी दिए ।जिल्ला भित्रैबाटै संकलित स्वाबमध्येबाट कूल १२ संक्रमित भएकामध्ये ३ महिलासहित ०८ जना गौरीशंकर गाउँपालिकाकै रहेका छन् ।
हालसम्म जिल्लाका करिब एकहजार जनामा पीसीआर परीक्षण गर्दा ३ महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको छ ।सबैभन्दा सुरुमा सोही गाउँपालिकामा तेस्रो मुलुकबाट आएका एकमहिला र एकपुरुषमा संक्रमण देखिए पछि काठमाण्डौंमा उपचारपछि घर फर्किएका छन् भने भीमेश्वर नगरपालिकाको क्वारेन्टाइनमा रहेको एक पुरुष पनि उपचारपछि घर फर्किएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *