
दीपशंकर चौलागाई ,दोलखा ५ भदौ । दोलखाको कालिञ्चोक गाँउपालिका ५ लापिलाङका दुईवटा बस्ती बिस्थापित हुने गरि पहिरो गएको छ । अबिरल बर्षाको कारण बस्ती माथिको पहाड खस्दा लापिलाङका देउपुरथली र भैसे कांडेघारीगाउँ टोल नै स्थान्तरण गर्नु पर्ने भएको छ ।
साउन १८ गते राती भिर खसेर बिचल्नी परेका यहाँ नागरिकको उदारको लागी संघिय,प्रदेश र स्थानिय सरकारका प्रतिनिधि कोही नआएको गुनासो उनीहरुले गरेको छन । पहिरो अहिले पनि खसिरहेकोछ । रात भर एउटा ठाउमा जम्मा भएर जागै भएर बस्नु परेको पहिरो पडितहरुले बताएकाछन ।
कोरोनाको संक्रमणबाट त बाँचौला तर खान नपारै मर्न भईयो भनेर स्थानिय जनप्रतिनिधिहरु राई कराई गर्दा राहत र केही ब्यबस्था गर्न जिल्लाबाट कोही आउन नसक्ने हुदा छिमेकीको घर गएर बस्दै गर भन्ने उतर आएको देउपुरथली र भैसेडाँडा गाउँ पहिरो पिडितहरुले बताएकाछन ।
यि नागरिकको मतले जित्ने नागरिको पिडामा मलम लगाउन त परै जाओस उपस्थित समेत नहुने जनप्रतिनिधको ब्यबहार प्रति जनता अक्रोशित भएकाछन । मकै ,कोदो भएको बारी पुरिकोछ । खानेपानीको ट्यांकी समेत पुरिदा धमिलो पानी खान समेत बाध्य भएको पिडितले गुनासो गरेकाछन ।
छिमेकी वडा ५ का जनप्रतिनिधि डबल पाण्डे जिल्ला समन्वय समितीको दोलखाका प्रमुख , वडा नम्बर ६ कै बिनकुमार थामी गाउँपालिका प्रमुख हुदा पनि उनीहरुले नागरिकलाई उदार र राहत प्रदान गर्ने त परै जाओस उपस्थित समेत भएका छैन ।
कालिञ्चोक गाउपालिका ५ लापिलाङको नेपाली कांगे्रस र अरु समाजिक संघ संस्थाले पहिरो पिडितलाई त्रिपाल र खाध्यान बाँडेको छ । नेपाली कांगे्रस दोलखाका सचिव दोय सन्तोष रिमाल र बालकृष्ण आचार्य , नेपाली कांगे्रस प्रदेश नं २ ख मा सभापति जयराम श्रेष्ठ, तरुणदल दोलखाका उपाध्यक्ष बिदुर कार्की र नेपाल बिद्यार्धी संघ दोलखाका अध्यक्ष भिमबहादुर खड्काले ५५ थान त्रिपाल,५५ बोरा चामल पुराई पहिरो पिडितलाई सहयोग गरेकाछन । नेपाली कांगे्रस कालिञ्चोक गाँउपालिका ५ लापिलाङ नेता सहदेव खड्काको बिशेष पहलमा दुई पटक पहिरो बाट बढी प्रभावित ५५ घरपरिबारलाई राहत बाँडेकाछन । स्थानिय समाजसेवि युवा खड्काले सहयोगी हातहरुलाई यहाँका पिडितलाई सहयोग गर्न अपिल गरेकाछन ।संघिय संसद एवम कांंग्रेसका नेेेता जिपछिरिङ लामा ले ४० बाेेराा चामल र पूर्व मन्त्री शंकर भण्डारी ले ३७ थान त्रिपाल सहयोग गरेकाछन ।
पहिरो स्थल दोलखाको सदरमुकाम चरिकोट बाट करिब ३२ किलोमिटरको दुरिमा रहेकोछ ।
Leave a Reply