
दीपशंकर चौलागाई,दोलखा २ भदौ । स्कुल अफ डेमोक्रेशी नेपाल दोलखाको अध्यक्षमा उद्योगपति प्रभुराम श्रेष्ठ मनोनित भएकाछन । समाजसेवि युवा श्रेष्ठको जिल्ला समितीमा लोकप्रिय बिद्यार्थी नेता भिमबहादुर खड्का उपाध्यक्ष (तामाकोशी गापा),सहप्रध्यापक डम्बर प्रसाद चौलागाई सचिव, ,सहप्रध्यापक राजेश बस्नेत सहसचिव (मेलुङ गापा), र वकिल रचना उपे्रती कोषाध्यक्ष(बैत्यश्वर गापा) केन्द्रबाट मनोनित भएका छन ।
समतावादी समाजको प्रवर्धन गर्ने प्रउासका रुपमा प्रजातान्त्रिक समाजवादको मंत्र मार्फत राष्ट्रलाई प्रबर्द्धन गर्ने उदेश्का साथ स्थापना भएको स्कुल अफ डेमोक्रेशी नेपाल दोलखाको सदस्यमा नारायण ठकुरी (भिमेश्वर नपा) ,शंकर काकी (भिमेश्वर नपा),सुनिता नेपाली(शैलुङ गापा), लिला जिरेल (जिरी नपा),भागवत खड्का(गौरिशंकर गापा), सुनिता पाण्डे(कालिञ्चोक गापा),अम्बिका काफ्ले (तामाकोशी गापा)सोनि खड्का(बिगु गापा)गिता रेग्मी (भिमेश्वर नपा)सुवास बस्नेत (बैत्यश्वर गापा), मिङमाछेकी शेर्पा(गौरिशंकर गापा),फुलमाया तमाङ(शैलुङ गापा)लाई केन्द्रले मनोनित गरेको छ । स्कुल अफ डेमोक्रेशी नेपालले अध्यान र अनुसन्धान,लोकतान्त्रिक संजालको बिस्तार,जनचेतना सम्बन्धी गतिबिधि,प्रसारण र प्रकाशन,वाचडग,नागरिक सहभागित, सुचना र संचार प्रविधि,सार्वाजानिक क्षेत्रको उत्तरदायित्वर पारदर्शिता ,क्षमता निमार्ण र विकास जस्ता कार्य निरन्तररुपमा अघि बढाउने अध्यक्ष प्रभुराम श्रेष्ठले बताए । उनले भने ‘नागरिकका सबै खाले विभेद र असमानता रहितको मानव अधिकारको सुनिश्चितता गर्दै नेपाललाई एक सामाजिक लोकतान्त्रिक राष्ट्रकारुपमा विकास गर्ने लक्ष्य हाम्रो रहेकोछ ।’
स्कुल अफ डेमोक्रेसीले राजनैतिक अधिकारका साथ साथै जनताको जीवनमा आवश्यक अधिकार शिक्षा, स्वास्थ्य, सुचना, संस्कृति, खाद्य, सुरक्षा र रोजगारी लगायतका अधिकार संरक्षणका लागि आवाज उठाउदै आएको छ ।
स्वास्थ्य सेवा राज्यको दायित्वमा राखेर निःशुल्क गर्नुपर्ने, डिजिटल प्रबिधिको पहुँच कृषक र कृषि फर्मसम्म पुर्याउनुपर्ने, वर्षका हिउँदे र वर्षेबालीका समयमा देशभर कृषि विदा दिनुपर्ने र कृषि काम गर्नुपर्ने, युवा बेरोजगार र गरीब किसानका लागि विनाधितो ऋणको व्यवस्था गरिनुपर्ने लगायतका माग उठाउदैँ आएको छ ।
Leave a Reply