पहिरो पीडित २२ घरपरीवारलाई प्रेम-पुर्ण-प्रताप फाउण्डेशन नेपालको सहयोग(सम्पूर्ण तस्विर सहित )

 पब्लिक संवाददाता      बुधबार, साउन २८, २०७७      0

दीपश‌कर चाैलागाइ ,दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाका पहिरो पीडित २२ घरधुरीलाई प्रेम -पुर्ण -प्रताप फाउन्डेसन नेपाल दोलखाले राहत सामाग्री हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी गौरीशंकर गाउँपालीका वडा न: ८ टुनिटारका ७ घरपरिवार र गौरीशंकर गाउँपालीका ६,७,८ का १५ घरपरिवार गरी २२ घर परिवार पाई खाध्यन्न सामग्री हस्तान्तरण गरेको प्रेम- पुर्ण- प्रताप फाउन्डेसनका का.अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।

राहत सामाग्री पाउनेहरुमा तेन्जी शर्पा ,कुमार तामाङ ,रबिन्द्र सुरेल, कृष्ण तामाङ ,बिर्ख बहादुर तामाङ ,लक्ष्मी बि .क ,धन बहादुर बि क ,केशव बि क,घनश्याम बि .क ,बिस्णु बि .क ,सन्तोष बि. क, नवीन खत्री ,तारा खड्का ,सरस्वती सुरेल,रुद्र बहादुर श्रेष्ठ ,दान बहादुर बुढाथोकी ,लक्ष्मण बुढाथोकी ,राजेन्द्र बुढाथोकी ,राम बहादुर तामाङ ,गणेश कुवर ,बाल कुमारी आचार्य ,फुल माया तामाङ, रहेको का. अध्यक्ष बस्नेतले जानकारी दिए ।

कार्यक्रममा दैनिक उपभोग्य खाद्य बस्तु २२ बोरा चामल , दाल ,२ लीटरका दरले तेल , चिनी , चियापती , १ दर्जनका दरले बिस्कुट , चाउचाउ , चिउरा नुहाउने ,हात धुने साबुन लगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको बस्नेतले बताए । कार्यक्रममा गौरीशंकर गाउँपालीका ४ झ्याकुका वडा अध्यक्ष प्रलाद कार्कीले फाउन्डेसनले पहिरो प्रभावित घरपरीवारको आलो घाउमा महलम लगाउन सहयोग गरेको भन्दै सस्थालाइ निरन्तर समाजसेवा मा लाग्न आग्रह समेत गरे ।

उनले भजन गाउने ओठहरु भन्दा सेवा गर्ने हातहरु नै पबित्र हुने धारण राख्दै सिङ्गो जिल्लाका नागरिकहरु आपतकालीन हुने बिपत्ति को सामना गर्न तयार हुनुपर्ने बताए । प्रेम पुर्ण प्रताप फाउन्डेसन नेपाल का संरक्षक एबम प्रमुख सल्लाहकार शिक्षा प्रेमी तथा समाजसेवि दोलखाली चेली हाल (अमेरिका) बसेर दोलखा लगायत नेपालको धेरै जिल्लाहरुमा बाढिपिडित , मृगौला पीडित , शैक्षिक ,सामाजिक , क्षेत्रमा सहयोग गर्दै आउनुभएको प्रेम पुर्ण प्रताप फाउन्डेसन परिवारले जानकारी दिएको छ ।

कार्यक्रममा गौरीशंकर गाउँपालीका ४ का अध्यक्ष प्रलाद कार्की , स्थानीय समाजसेवी तन्डुराज आचार्य , अर्जुन ओली , सामाजिक अभियानता अल्बट खड्का , सुजन दाहाल लगाएत स्थानीय बासिन्दाहरुको उल्लेखनीय सहभागीता थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *