दोलखा २४ साउन । । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले पहिरोस्थलको निरीक्षण गरे पनि मृतक परिवारलाई भने भेटेनन् ।
पहिरोमा पुरिएर मृत्यु भएका कालिञ्चोक गाउँपालिका–८, सुनखानीका २८ बर्षिय सुरेश शिवाकोटीको परिवारलाई नभेटी फर्किएकाछन ।
बिहिबार रातीको बर्षाको कारण आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका–५, ६ र ८ मा बाढी तथा पहिरो गएर २१ घरका ५४ जना विस्थापित भए पछि शनिवार मन्त्री गुरूङ स्थलगत निरीक्षणमा पुगेका थिए ।
गौरीशंकर गाउँपालिका–८, खारे, टुनीटार पुगेका मन्त्री गुरूङले पहिरो पीडितलाई भेटेर सान्त्वना दिइदै सकेसम्म सुरक्षित स्थानमा सर्नको लागि अनुरोध समेत गरे ।
खारेको टुनिटारस्थित पहिरोस्थलमा करिब २० मिनेट बिताएका मन्त्री गुरूङ लगत्तै वडा नम्बर ५ र ६ स्थित गुरूम्फीको बाढी क्षेत्रमा पुगेका थिए । गुरूम्फीमा पुगेका मन्त्री गुरूङसँग खारेखोला जलविद्युत् आयोजनाको अव्यवस्थित निर्माण र संरचनाको कारण गुरूम्फी क्षेत्र डुवानमा परेको स्थानीयहरूले गुनासो गरेका थिए ।
Leave a Reply