राप्रपाको सम्पूर्ण पदाधिकारी सहितको टोली नेपाली कांगे्रसमा प्रबेश

 पब्लिक संवाददाता      बुधबार, साउन २१, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा २१ साउन । दोलखाको तामाकोशी गाउँपालिका राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण पदाधिकारी सहितको टोली नेपाली कांगे्रसमा प्रबेश गरेकोछ ।
अमर बहादुर मोक्तानको अध्यक्षतामा रहेको १८ सदशिय गाउँपालिको कार्यसमिती र महाधिवेशन प्रतिनिधि लक्ष्मी प्रसाद काप्mले समेत नेपाली कांगे्रसमा प्रबेश गरेका हुन ।
नेपाली कांगे्रस दोलखाका पूर्व पार्टी सभापति एवम नेपाली कांगे्रसका प्रतिष्ठाका धरोहर देवि प्रसाद न्यौपाने बिशेपहलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण पदाधिकारी सहितको टोली नेपाली कांगे्रसमा प्रबेश गरेको नेपाली कांगे्रस जिल्ला कार्यसमिती दोलखाले जनाएको छ ।
बर्तमान सरकारको निरंकुश शैलिबाट दिक्दार बनेका मात्र नभई नेपाल कम्युनिष्ट पार्टीबाट देश र जनताको हित हुने काम हुन नसक्ने देखे पछि अहिले दोलखा जिल्लामा नेपाली कांगे्रसमा प्रवेश गर्नेको चाप बढेको छ ।
कम्युनिष्टहरु मात्र नभई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु राष्ट्र,राष्ट्रियता रक्षा एवम जनतालाई मौलिक हक दिलाउदै समुन्त नेपाल ,सम्बृध नेपाल बनाउन सक्षम लोकप्रिय पार्टी नेपाली कांगे्रसमा प्रबेश गरेका नेता न्यौपानेले बताए ।
नेपाली कांगे्रस दोलखाको बर्तमान सभापति रुद्र बहादुर खड्का प्रतिपक्ष संग मिली पार्टी कै अस्तित्व मेटाउने स्थितीमा पुग्दा पनि नेपाली कांगे्रसका धरोहर रुपमा हेरिने केही नेताका कारण नेपाली कांगे्रस दोलखा रहेको जिल्ला कार्य समितीका एक सदस्यले दाबि गरे।
बर्तमान सभापतिको शैलिको कारण बफादार कार्यकर्तामा निरासपन आएको बताउदै ति सदस्यले भने “सबै भन्दा बढी भोटको अन्तरमा हारी दोलखा कांगे्रसको इसितहासमै बेइजत गर्ने सभापति रहे सम्म कांगे्रस दोलखाको संगठन दहरो हुने छैन । ”

दोलखा कांगे्रसमा नयाँ नेतृत्वको खोजी कार्यकर्ताहरुबाट माग भईरहेको समेत उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *