प्रेम- ­पुर्ण- ­प्रताप फाउन्डेसनले एकै दिनमा संकलन ग¥यो २६ पिन्ट ब्लड

 पब्लिक संवाददाता      आइतवार, साउन १८, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा १८ साउन । जीवन दान नै रक्त दान हो भन्ने आर्दशलाई सार्थक तुल्याउदै प्रेम पुर्ण प्रताप फाउन्डेसन नेपालले रक्तदान कार्यक्रमको आयोजना गरि २६ पिन्ट ब्लड संकलन गरेकोछ ।
दोलखाको सदरमुकाम चरिकोटको सातदोबाटेमा भएको रक्त दान कार्यक्रममा २६ जना व्यक्तिले रक्त दान गरेको प्रेम पुर्ण प्रताप फाउन्डेसन दोलखाका कार्यवहाक अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।
रक्तदान कार्यक्रम दोलखाको सदरमुकाममा भएकोले दोलखा ,रामेछाप , सिन्धुपाल्चोक ,चितवन लगायतका जिल्ला घर गई हाल दोलखामा कार्यरत कर्मचारीहरुले समेत रक्दान गरेको फाउन्डेसन जनाएकोछ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा गरिएको रक्तदान कार्यक्रममा बोल्दै जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले भन्ने रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने छ । उनी भन्छन रक्तदान गर्दा रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत पुग्नुका साथै रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि लिनु पनि हो ।
फाउन्डेसनका संरक्षक एवम समाजसेवि पद्मा प्रधानले देशमा रगतको चरम संकट परेको र रगतले शरीर भित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्ने भएको हुँदा रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्ने भएको कारण आम स्वच्छ नागरिकले आगामी दिनमा समेत रक्तदान गर्र्न आग्रह गरिन ।

रक्तदानमा नागरिक समाज दोलखाका अध्यक्ष दीपसङ्कर चौलागाईं , नेपाल मानव अधिकार संगठनका सचीव बलराम सिवाकोटी , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री सिर्जना सुवेदी पत्रकार ,नगरिक समाजका प्रतिनिधि , तरादल गणका प्रतिनिधि ,जिल्ला प्रहरी कार्यलय दोलखाका प्रतिनिधि उज्यालो भबिस्य दोलखाका प्रतिनिधि लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । यस अघि पनि फाउन्डेसनले विभिन्न किसिमको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *