नेकपाका स्थानिय नेता सहित सयौ युवा नेपाली कांगे्रसमा प्रवेश(सम्पूर्ण तस्विर सहित)

 पब्लिक संवाददाता      बिहिबार, साउन १५, २०७७      0

दीपशंकर चौलागाई, गौरिशंकर(दोलखा) १५ साउन । नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि दोलखाको गौरिशंकर गाउँपालिका ४ भ्mयाँकुका करिब सय जना स्थानिय नेता सहित युवाहरु नेपाली कांगे्रसमा प्रवेश गरेकाछन ।
गौरिशंकर गाउँपालिका ४का वडा अध्यक्ष प्रलाद कार्कीले आयोजना गरेको दलित संग कांगे्रस तथा खिर दिवस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांगे्रसमा को सदस्यता लिएका हुन ।
जन निर्वाचित युवा नेता प्रलाद कार्की र तरुणदल दोलखाका उपाध्यक्ष बिन्दुर कार्कीको बिशेष पहलमा नेकपा का स्थानिय नेता सहित सयाै‍ युवाहरु नेपाली कांगे्रसमा प्रवेश गरेकोले उनीहरु धन्वादको पात्र भएको नेपाली कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले बताए ।
नेपाली कांगे्रस दोलखाका सभापति रुद्रबहादुर खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *