
दीपशंकर चौलागाई ,दोलखा १२ साउन । बर्तमान सरकारको कार्यशैलि र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको आचरणबाट असन्तुष्ट भएको भन्दै करिब २ दर्जन युवाहरु नेपाली कांगे्रसमा प्रवेश गरेकाछन ।
दोलखाको भीमेश्वर नगरपालिका ५ मा नेपाल कम्युनिष्ट पार्टीनै रित्तिने गरि ठुलो संख्यामा युवाहरु नेकपा छोडेर कांग्रेस प्रवेश गरेका हुन । भीमेश्वर नगरपालिका प्रमुख भरत बहादुर केसी र वडा अध्यक्ष रामचन्द्र बस्नेेेेतकाे ब्यबहारका कारण र नेपाल कम्युनिष्ट पार्टी छोडेको नबप्रवेशी युवाहरुले बताएकाछन ।
उनीहरु चरिकोटस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित समारोहमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।
नेपाली कांग्रेस दोलखाका युवा नेता तथा महासमिती सदस्य बाबुकाजी बस्नेत , नेपाली कांग्रेसका नेता एवं भीनपा ५ का वडाअध्यक्षका उम्मेद्धार नारायण ठकुरीी र युवा व्यवसायीशिब कार्की काेे बिशेेष पहलमा भीनपा ५ का युवाहरु सन्जय बस्नेत , मोहन कार्की , अरुण कुमार कार्की , बिजय बस्नेत , कमल बस्नेत , रुसन बस्नेत ,मनोज बस्नेत , प्रजव्ल बस्नेत , प्रदिप बस्नेत , सपन बस्नेत , शरण बस्नेत , निरज बस्नेत , रमेश बस्नेत , दिपेन्द्र बस्नेत , बिशाल बस्नेत , निरज श्रेष्ठ, प्रकाश श्रेष्ठ , बिपिन थापा , राजेश श्रेष्ठ प्रकाश कुवर , अजय बस्नेत , जिवन बस्नेत , सुनिल श्रेष्ठ सन्तोष बस्नेत कान्छी श्रेष्ठ लगाएतका प्रवेश गरेको नेपाली कांगे्रस दोलखाले जनाएको छ ।
प्रवेश कार्यक्रममा दोलखा कांग्रेसका सभापती रुद्र बहादुर खड्का,पूर्व पार्टी सभापति उद्धब काफ्ले, लोकप्रिय युवा नेता ईश्वर मानन्धर ,पार्टी सचिव संतोष रिमाल ,पार्टी सचिव बालकृष्ण आचार्य, महासमिती सदस्य बाबुकाजी बस्नेत,नेपाली कांगे्रसका क्षेत्र नं २ का सभापति जयराम श्रेष्ठ , नगरसभापति राजेश श्रेष्ठ, तरुणदलका दोलखाका अध्यक्ष दावासांगे शेर्पा लगाएतको उपस्थिती रहेको थियो ।
Leave a Reply