दोलखा ९ साउन । दोलखा उद्योग बाणिज्य संघले व्यवसायीहरुलाई कर तथा पान दर्ता सम्बन्धी सेवा दिनका लागी अतिरिक्त शुल्क लिने काम वर्तमान समितिले गरेको नभई यस अघिका अध्यक्ष सुन्दर कार्कीकै पाला देखी भईरहेको खुलासा भएको छ ।
नियोजित ढंगले सार्वजनिक रुपमा टिकाटिप्पणी भईरहेको यस अघि २०६२ साल देखी सेवा शुल्क उठाईएपनि यस अघिका अध्यक्ष सुन्दर कार्कीले आफुखुसी रकम बढाएर १ हजार पु¥याएको खुलेको हो ।
व्यवसायीहरुलाई कर तथा पान दर्ता सम्बन्धी सेवा दिनका लागी अतिरिक्त सेवा शुल्क उठाएको भनेर वर्तमान कार्य समितिले सो कार्यलाई निरन्तरता मात्र दिएको उद्योग बाणिज्य संघले जनाएको छ । जो चोर उसको ठुलो स्वार भने झै कार्की आफैंले केही दिन अघि सामाजिक सञ्जालमा लेखेर सेवा शुल्क उठाएको भन्दै संघको बिरोध गरेका थिए ।
संघ नविकरण हुन नसकेको भनिए पनि कार्की आफैंले संघ नविकररणमा २०७३ देखी वाधा पु¥याउदै आएका बर्तमान कार्यसमितीले जनाएको छ । बहुमत समिति अर्कै समुहले जितेपनि उनको अध्यक्ष्यतामा संघ चल्दा अर्को समुह संघमा लामो समय नगएका बेला उनी अध्यक्ष भएर एक्लै संघ चलाएको समयमा संघ नविकरणको प्रक्रिया सचिवालयबाट अगाडी बढाउन रोकेको स्रोतको बुझाई छ ।
यसै बिच निर्वाचन सम्पन्न भएर नेतृत्व सम्हालेको एक वर्ष पुरा भएको भन्दै दोलखा उद्योग वाणिज्य संघले शुक्रबार वार्षिक प्रगति सार्वजनिक गरेको छ ।
शुक्रबार संघको सचिबालयमा आयोजित पत्रकार सम्मेलनमा २२ औं अधिबेसनबाट निर्वाचित कार्यसमितिले सम्पादन गरेको वार्षिक प्रगति सार्वजनिक गरिएको हो । ९ बुदे प्रगति विवरण सार्वजनिक गर्दै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले तत्कालिन अध्यक्ष सुन्दर कार्कीले ४ वर्षदेखि संघ नविकरण नगरेका कारण नविकरण गर्नमा ढिलाई भएको बताए । अध्यक्ष श्रेष्ठले कार्की अध्यक्ष भएकै समयदेखि जिल्ला प्रशासन कार्यालय दोलखामा संघ नविकरण हुन नसकेको जनाएका छन् । उनले भने हामी निर्वाचित भएको १५ महिना भयो अघिल्ला वर्षको कागजात मिलाउन समय लागेकाले केही ढिलाई भएको हो । त्यसबेलाका कुनैपनि कागजात छैनन् त्यसैले ढिलाई भएको भन्दै अध्यक्ष श्रेष्ठले तत्काल आबश्यक प्रकृया पुरा गरि संघ नविकरण गर्न आफुहरु लागिरहेको जानकारी दिएका छन् ।
संघका अध्यक्ष इन्द्र श्रेष्ठ र महासचिब हेमराज रिमालद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोलखामा करदाता सेवा कार्यालय नभएको र व्यवसायीलाई कर तिर्न धुलिखेल जानुपर्ने बाद्यता अन्त्य गर्नका लागि संघले वर्षौदेखि आबश्यक कागजात सहित १ हजार सेवा शुल्क लिएर सेवा प्रवाहा गरिरहेको उल्लेख छ । उक्त रकम संघका सदस्यहरुको वृत्ति विकास , कर सम्बन्धि तालिम गोष्ठी सचेतना , सचिबालय व्यवस्थापन तथा पान दर्ता र आयकर सम्बन्धि खर्च हुने जनाइएको छ ।
संघले निर्बाचन पश्चात सचिबालयको पुनर्निर्माण सम्पन्न गरि भाडामा रहेको संघको सचिबालय आफ्नै भवनमा सारेर सेवा प्रवाहा गरिरहेको जनाएको छ । कोभिड १९ को संक्रमणका कारण आम सर्बसाधरण तथा व्यवसायीहरुलाई पर्न गएको असुबिधा लाई मध्यनजर गर्दै सबै सदस्यहरुको नविकरण शुल्क बापतको रकम मिनाहा गरेको विज्ञप्तीमा जनाइएको छ । जिल्लाका सम्पुर्ण स्थानीय तहहरुलाई संघले लिखित तथा मौखिक अनुरोध गरि व्यवसाय करमा छुट गर्न माग गरेअनुरुप भीमेश्वर नगरपालिका सहित केही स्थानीय तहले ५० प्रतिशत सम्म कर छुट गरेको उल्लेख गरिएको छ ।
कोरोनाका कारण भएको लकडाउनमा पनि व्यवसायीहरुलाई सहज हुने गरि संघले आफ्नै सिफारिसमा सहज तरिकाले सवारी पास उपलब्ध गराई खाद्यान्न , निर्माण सामाग्री तथा औषधीजन्य सामाग्री आयातमा सहज गरेको महासचिब हेमराज रिमालले जानकारी दिए । कोभिडका कारण व्यवसायीहरुलाई पर्न गएको वित्तिय संकटको समाधान गर्न जिल्लाका सबै बैंक तथा वित्तिय संस्थाहरुसँग छलफल गरि सहज बनाउन पहल गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।
यस अघि संघका सदस्यहरुको मृत्यु हुँदा संघले उपलब्ध गराउदै आएको ५ हजार सहयोगलाई बृद्धि गरि १५ हजार बनाइएको र गत आ.व.मा मात्रै ३ जना सदस्यहरुको मृत्यु भएकाले उनिहरुको परिवारलाई सहयोग गरिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा कर शिबिर सञ्चालन , नापतौलका सामाग्रीहरुको दर्ता तथा नविकरण जस्ता शिबिरहरु आयोजना गरि व्यवसायीहरुलाई गृह जिल्लामानै सेवा दिइएको उल्लेख गरिएको छ ।
Leave a Reply