दीपशंकर चौलागाई,दोलखा २९ असार । गुणस्तरहिन निमार्णका कारण भीमेश्वर नगरपालिकाको सिलिङ खस्दा नगर प्रवक्ता एवम् वडा नं. ४ का वडाध्यक्ष हरिबंश चौंलागाई घाइते भएका छन् ।
सातौँ नगरसभाको समापनसभा चलिरहेको बेला अचानक सिलिङ खस्दा नगर प्रवक्ता एवम् वडा नं. ४ का वडाध्यक्ष चौंलागाई घाइत भएका हुन ।
सभाहल निर्माणकै बखत कार्यपालिका बैठकमा गुणस्तरको विषयमा कुरा उठे पनि कसैले चासो नदिँदा आज यो परिणम भोग्न बाध्य भएको चौलागाईले बताउनुभयो ।
छाना खस्दा करिब ४५ हजारको झुमर, डेढ लाखको सिलिङ र ८० हजारको प्रोजेक्टरमा समेतमा क्षति पुगेको छ । भीमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्काले हामी प्राविधिक रुपमा फेल भएको कारण सिलिङ खसेको उहाँले स्वीकार्नु भयो ।
आफू सामान्य घाइते भएको र एन्ड्रोइड मोबाइल समेत फुटेको प्रवक्ता एवम् वडाध्यक्ष चौंलागाईले बताउनुभयो । प्रवक्ता सामान्य घाइते र धेरै ठूलो क्षति नभएकोले भमिेश्वर नगरपालिकाले जनाएको छ । भीमेश्वर नगरपालिकाले आप्mनै भवन त गुणस्तरको बनाउन सक्दैन बाँकी बिकासे काम कतिको राम्रो गर्र्यो यही बाट अनुमान गर्न सकिन्छ भीमेश्वर नगरपालिका ४ का समाजसेवि युवा भोजराज चौलागाईले दाबि गर्नुभयो ।
उहाँले भन्नु भयो “औसीमा निमार्ण गरेर पूर्णेमा भत्कने बिकासे काम, अहिले भीमेश्वर नगरपालिकाले गरेका सबै आजको भोली नै तहसनहस भएका उदाहरण भीमेश्वर नगरपालिकाको सिलिङ खस्दै प्रष्ट भएको छ । ”
“खै कहाँ छ अनुगमन गर्ने निकाय ,खै अख्तियार किन गुणस्तरहिन काम गर्नेलाई कावार्ही गर्दैन ,जनप्रतिनिधिको मिलेमहतो भएर हो की अहिले सर्बत्र यही बिषयमा चर्चा हुन थालेको छ ।” चौलागाईले भन्नु भयो ।
Leave a Reply