परोपकार नै धर्म हो,धार्मिक कार्यमा लागे युवा समाजसेवि गुभाजु

 पब्लिक संवाददाता      बुधबार, असार २४, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा २४ असार । कोरोना बाट आक्रान्त बनेको जिल्लाका नागरिकको सेवाको लागी आफनो जन्म दिनको अवसर पारि जिरि नगरपालिका १ का युवा लक्ष्मण गुभाजुले कोराना नियान्त्रणका लागी जिल्ला प्रहरी कार्यालय दोलखालाई सामाग्री हस्तान्तरण गरेकाछन ।
परोपकार नै धर्म हो भन्ने उक्तीलाई सार्गक तुल्उयादै युवा समाजसेवि गुभाजुले बिपन्न नागरिकको स्वास्थ्य सेवाको लागी आप्mनो जन्म दिनको दिन यो अभियान संचालन गरेका हुन ।
दोलखा सदरमुकाम चरिकोटको सातदोबाटे चौकी अघि आयोजित गुभाजु जन्मोत्सव कार्यक्रममा दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेललाई गुभाजुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।
गुभाजु जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिती प्रमुख डबल पाण्डेले दीनदुखी हरेक नागरिकको सेवामा सदैव लागी पर्ने समाजसवि युवा गुभाजुले आफनो जन्म दिनको अवसरमा कोरोना बाट आक्रान्त बनेको नागरिकलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा धन्वादपात्र बनेको बताएकाछन ।
प्रहरीको माध्यमबाट सर्जिकमा नागरिकलाई बितरण गर्ने अभियान आझैबाट सुरु गर्ने प्रहरी नायव उपरिक्षक पोखरेलले जानकारी दिए । कार्यक्रम बिगुल फाउण्डेन दोलखाका सचिव राजेश बस्नेतले संचालन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *