दोलखा, १४ असार । भारत र कतारबाट आएका थप दुई जनामा समेत दोलखा जिल्लामा कोरोना संक्रमितको संख्या चार पुगेको छ ।
आइतबार गौरीशंकर गाउँपालिकाको क्वारेन्टाईनमा बसेका दुई जनाको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु एक महिला र एक पुरुष रहेकोस्वास्थ्य कार्यालय दोलखाले जनाएकोछ । कोरोनाको कुनै लक्षण नदेखिए पनि उनीहरुको नमुना स्वाब संकल गरी पिसिआर परिक्षणका लागि पठाइएकोमा रिर्पोट पोजेटिभ आएको हो ।
गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार खड्का अनुसार भारतबाट आएका एक पुरुष र कतारबाट आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । हलेश्वर माविको क्वारेन्टाइनमा रहेका ७ जनाको विहिबार स्वाब संकल गरि पठाइएकोमा दुई जनाको रिर्पोट पोजेटिभ आएको हो । क्वारेन्टाइनमा २५ जना रहेक मा दुई जनामा संक्रमण पुष्टि भएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । दोलखाबाट उपचारको लागि काठमाण्डौं गएका एक ६५ बर्षिय बृद्ध र जुम्लामा कार्यरत एक युवकमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
Leave a Reply