
दीपशंकर चौलागाई ,दोलखा १० असार । लकडाउण्डको समयको सदुपयोग गर्दै दोलखाको सदरमुकाम चरिकोटमा खम्पाचे निमार्ण सेवाले सडक निमार्णको ८० प्रतिशत काम सम्पन्न गरेको छ ।
दोलखको सदरमुकाम चरिकोटका भई रहने अबिरल बर्षाको बाबजुत पनि खम्पाचे निमार्ण सेवाले सडक निमार्ण गरि पिच गर्न बेस बिछ्याउने काम पुरा गरेको छ ।
जनप्रतिनिधि र सरकारी कार्यालयको सहयोग बिना पनि समाजिक दुरि कायम राख्दै नागरिकले झेल्दै आएको समस्याको न्यूननिकरणका लागी बर्षातको पनि प्रभा नगरि राता रात सडक निमार्ण गरेको खम्पाचे निमार्ण सेवाका प्रोपाईटर आङपासाङ शेर्पाले बताउनु भयो ।
राता राता सडक निमार्णको गरि नागरिकको सेवामा लागी परेको बताउदै खम्पाचे निमार्ण सेवाका अप्रेटर सोनाम शेर्पाले भन्नु भयो “२४ सै घण्टा काम गरेर पशुपतिडाँडा देखी पाखाटोल र कालिञ्चोक माबि देखी अपरतामाकोशी जोड्ने सडक सम्म बेस बिछाउने काम पुरा गरेका छौें ।”
यता,अस्पताल जाने सडक भएकोले हिलाम्मे सडकलाई राताराता उत्कृष्ट काम गरि नारिकको सेवा गरेको स्थानिय वासी श्याम गौतमले बताउनु भयो । यो सडक १३ करोडको लागतमा निमार्ण भई रहेका छ ।
Leave a Reply