अनाथ,दीन दुःखी र क्यान्सर पिडितका दाता हुन रामेछाप फुलासीका चौहान

 पब्लिक संवाददाता      बुधबार, असार १०, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा १० असार । रामेछापको मन्थली नगरपालिका १३ फुलासी स्थायी घर गइ दोलखाको सदरमुकाम चरिकोटमा बस्ने ब्यापारि कमल चौहानले आप्mनो जन्म दिनको उपलक्ष्यमा अनाथ,दीन दुखी र क्यान्सर पिडित लाई सहयोग गरेकाछन ।
आधा दशक अघि देखी मनका धनी (मनबिर) चौहाने बिभिन्न रोगबाट पिडित नागरिकलाई उपचारार्थ नगद र बिभिन्न समाजिक संस्थाहरु लाई आप्mनो जन्म दिनको उपलक्ष्यमा आर्थिक सहयोग गर्दै आएकाछन ।
गत बर्ष दोलखाको पत्रकार महासंघको भवन निमार्णको लागी सहयोग गरेका चौहाने यस बर्ष गौरिशंकर बालगृहका बालबालिकालाई करिब ३० हजार बराबरको खाध्यान र खेलकुद सामाग्री , जिल्ल्ला टफिक कार्यालयमा कार्यरत राष्ट सेवकहरुलाइ माक्सको ब्यबस्था र तामाकोशी गाउँपालिका १ भिरकोटका क्यान्सर पिडित रामजी काप्mले लाई नगर २० हजार सहयोग गरेकाछन ।
गौरिशंकर बालगृहका बालबालिका लाई बषै पिछे २०,३० हजारको लताकपडा र खाध्यान दिंदै आएकाछन । उनको स्वाभाव मिलन सार भएकोले दोलखा जिल्ला मै उनलाई माईडियर का नामले बोलाउने गरिएको छ । भद्र स्वाभावका चौहान लाई दोलखाको स्थानिय प्रशासनका प्रमुखहरुले समेत तारिफ गर्ने गरेकाछन । समाजको उज्जल नक्षेत्रका रुपमा परिचित हुन समाजसेवि भावना हुनु पर्ने रहेछ भन्ने कुरा दोलखा जिल्लामा कोशेढुङगाका रुपमा सावित भएकाछन चौहान ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *