दीपशंकर चौलागाई । भीमेश्वर नगरपालिकाले आउँदो शैक्षिक सत्रबाट सिसु देखी ६ कक्षा सम्म अध्यान गर्ने बालबालिकालाई विद्यालय पोशाक निशुल्क बितरण गर्ने भएको छ ।
सामुदायिक र संस्थागत बिद्यालयमा पढ्ने बालबालिका बिच विद्यालय पोशाकमा कारण हिनताबोध नहोस भन्ने उदेश्यले पोशाकमा एकरुपतामा ल्याई निशुल्क बितरण गर्न लागेको हो ।
दोलखाको चरिकोटमा रहेको जिल्लाको एक मात्र छात्रा बिद्यालय श्री पशुपति कन्या मन्दिरको ३३ औ स्थापना दिवस तथा अविभावक भेलालाई सम्बोधन गर्दै भीमेश्वर नगरपालिका का मेयर भरत केसीले गत बर्ष सिसु देखी ५ कक्षा सम्म विद्यालय पोशाक निशुल्क बितरण गरेको आउँदो शैक्षिक सत्रबाट सिसु देखी ६ कक्षा दिने घोषणा गरेका छन ।
मेयर केसीले भने‘बिद्यालयहरुमा प्राप्त भौतिक ब्यबस्थापन र शिक्षकहरुको क्षमता अभिवृद्धी गर्ने तालिमहरु धेरै गरि सकेकोले अबका दिनमा कक्षा कोठामा पुगी गुणस्तरीय शिक्षणको अवलोकन गरि सिकाई उपलब्धी हेरी मुल्यांकन समेत गर्ने छौं । यो अभियान श्री बुढाभिमसेन माध्याािक बिद्यालय धरमघरबाट पुस १४ गते देखी सुरु भएको केसीले जानकारी दिए ।’
अविभावक भेलामा श्री पशुपति कन्या मन्दिर माविका प्रध्यानाध्यापक गोविन्द नारायण मानन्धरले गत आवमा १ करोड २० लाखको आयब्याय प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा १० जना बिद्यार्थीहरुलाई ५ हजारका दरले बिष्णुकुमारी छात्रावृती प्रदान गरिएको छ ।
बिद्यालयका बिभिन्न सदनहरु बिच प्रतिस्पर्धा गराई भलिबल,कपर्दी, १ सय मिटर दौड,२सय मिटर दौड, हाजिरिजवाफ,गित तथा नृत्यमा प्रथम,द्धितिय,तृतिय हुने बिद्यार्थीलाई मेडल,प्रमाणपत्र,तथा नगद समेत प्रदान गरेको बिद्यालय परिवारले जानकारी दिएको छ ।
बिद्यालय ब्यबस्थापन समितीकी सदस्य निर्मला ठकुरीको सभापतित्वमा भएको ३३ औ स्थापना दिवस तथा अविभावक भेलालाई जिल्ला शिक्षा इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ, कालिञ्चोक माविका प्रअ नबराज न्यौपाने, वडा नं ३ का अध्यक्ष हरिशरण शिवाकोटी,अविभावक बिर बहादुर नेपाली ,बिद्यार्थी अप्सरा थापा लगायतले सम्बोधन गरेका थिए ।
Leave a Reply