दीपशंकर चौलागाई
हतियारधारी मान्छे,अनि जोर नाले साँचो लगाएको ठाउमा त्यसमाथि पनि तालाबन्दी भएको खबर सुन्दा अचम्म लाग्ला तर अचम्म नमानुस ,
दोलखाको सदमुकाम चरिकोटमा रहेको देशकै चाैैैथाे पुरानो जेलमा रहेका कैदीहरुले तालबन्दी गरेकाछन ।
१०३ जना कैदीले कारागारको मुख्य प्रवेशद्वारमा तालाबन्दी गर्दैे नाइके, चौकीदार, भाइनाइके गरी ५ जना कैदीविरुद्ध चर्को नारा लगाएका छन । चरिकोट कारागारमा रहेका १०८ कैदीबन्द रहेकाछन ।
चौकीदार र मुख्य नाइकेसहित ५ जनालाई जेलसरुवा र उनीहरुले ठगी गरेको करिब १५ लाख रुपैयाँ फिर्ताको माग राखेर काराबासको मुख्य ढोकामा तालाबन्दी गरेको कैदी अशोक केसीले संचारकर्मीहरु संग बताएकाछन । उनले भने
नाइके कैलाश बस्नेतले विभिन्न बाहनामा २० जना कैदीसँग करिब १५ लाख असुलेको अर्का कैदी बिमल आचार्यले बताए । उनको कुटाइ र थिचोमिचो सहेर बस्दाबस्दा खानामा समेत घोटाला गर्न थालेपछि प्रतिवादमा उत्रिनु परेको कैदी आचार्यको भनाई छ । १०८ मध्ये १०३ जना कैदीले संयुक्त हस्ताक्षर गरेर कैलाश बस्नेत, ओमशरण थापा, कमल नेपाली, राजकुमार योगी र किशोर भण्डारी नामका कैदीलाई सरुवा र मुख्य नाइके बस्नेतले असुलेको करिब १५ लाख फिर्ता गर्नुपर्ने दुई बुँदे माग राखेका छन् ।
यता कारागार कार्यालय चरिकोटका निमित्त जेलर शेषराज गोलेले मौजुदा परिस्थितिअनुसार कैदीबीच ज्यानकै जोखिम हुने देखिएकाले कैलाश बस्नेत, ओमशरण थापा, कमल नेपाली, राजकुमार योगी र किशोर भण्डारीलाई काठमाडौं आसपासका कारागारमा स्थानान्तरण गरिएको बताए।
Leave a Reply