दीपशंकर चौलागाई
दोलखा १० पुस । प्रथामिक स्वास्थ्य केन्द्र एवम प्रस्थापित चरिकोट अस्पतालले खतरा अबस्था रहेको भनिएको एक सुत्केरी महिलालाई सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालन गरेकोे हेलिकप्टर मार्फत उद्धार गरेकोछ ।
पाँच वर्षअघिबाट सरकारले आमा सुरक्षा कार्यक्रम प्रभावकारी भएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको हवाई सेवा गत वर्षदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यो सेवा सञ्चालन गरिएको सरोकारवालाहरूले बताएका छन ्।
सोही अनुरुप आज दोलखाको विगु गाउँपालिका वडा नम्वर ८ का १७ बर्षिय सुस्मा श्रेष्ठलाई सुत्केरी व्यथा लागेको लामो समय पछि जटिल अवस्थामा सुत्केरी गराइ आइ सियूमा राखी थप उपचार गर्नु पर्ने भएकोले हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ लगिएको छ ।
विहान ८ बजे प्रस्तावित चरिकोट अस्पतालमा आई पुगेको विरामीको अवस्था चिन्ताजनक रहेको भन्दै विहान ८ः३० मा शल्यक्रिया गरिएको थियो ।
व्यथा लागेको लामो समय भई सकेको र बच्चा अड्कीएको कारण आमा र वच्चा दुवैलाई खतरा हुने भएकाले तत्कालै अप्रेशन गरि वच्चा निकालिएको र आइ सियूमा राखी थप उपचार गर्नु पर्ने भएकोले काठमाण्डौ लैजान रिफर गरेको डा. विनोद डंगालले बताए । अप्रेसन गरि निकालिएको वच्चाको अवस्था भने सामान्य रहेपनि आमाको स्वाथ्यमा समस्या आएकोले रिफर गरेका हौं डा दंगालले भने ।
उनको थप उपचारको लागी महिला तथा बालबालिका मन्त्रि पार्वत गुरुङले तत्काल उद्धारको लागि हेलिकप्टर दोलखा पठाएको बताईएकोछ । सरकारले धेरै महिलालाई जीवनदान दिएको छ ।
Leave a Reply