उपेन्द्र यादवले दिए पदबाट राजीनामा

 पब्लिक संवाददाता      मङ्लबार, पुस ८, २०७६      0

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको ।

उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले मंगलवार पदबाट राजीनामा दिएका छन् ।पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।

‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *