दोलखा ८ पुस । नागरिक अभिनन्दनबाट सम्मानित भएका छन भीमेश्वर नगरपालिका ५ बिसुन्टोल निवासी कृष्ण बहादुर बस्नेत ।
दोलखाको शैक्षिक क्षेत्रमा सुधारमा अतुल्नीय योगदान मात्र नभई कानुनी क्षेत्रमा अहम भुमिका निवार्ह गरेको भन्दै बस्नेतलाई सम्मान गरिएको छ ।
गौरिशंकर बहुमुखी क्याम्पसको दिगो ब्यबस्थापनमा उच्च भुमिका निर्वाह गर्दै कलेजलाई बहुमुखी बनाउन अहेरात्र खटेका बस्नेत दोलखाली नागरिकबाट अभिन्दीत हुदै आएकाछन ।
सुन्दर चरिकोट बनाउने अभियानको नेतृत्व गरेका बस्नेतले सदरमुकाम चरिकोटमा रहेका चित्रा र काठले बनाएका बजारका तल्लो भागका कटेर हटाएर पक्की भवन निर्माण गर्न लगाएका थिए । उनको कारणले पर्यटन बर्ष २०२० को लागी चरिकोटको सुन्दरताका कारण देशकै चौथो गन्तब्य स्थल बन्न सफल भएको छ ।
तत्कालिन माओवादीले चलाएको जनयुद्धबाट दोलखाली सर्वसाधरण जनताले पाएको दुःख कष्टमा नागरिक समाज दोलखाको संयोजकको भुमि निर्वाह गरि मलम लगाउने काम गरेका थिए । नेपाल सरकारका कर्मचारी ,सेना ,प्रहरी लाई मात्र नभई द्धन्द्धरत पक्षका नेता तथा कार्यकर्तालाई मर्न नदिई जेजेभा सन्धी धारा ३ अनुरुप काम गर्न खबरदारी गर्दै जिबन रक्षाको लागी महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
सरकारी पक्ष बोल्न नसक्दा तत्कालिन युद्धरथ पक्षले गरेको गल्तीका बिरुद्ध उनको टिमले बिज्ञप्ती जारी गर्दा तत्कालिन सुपरिक कमाण्डर प्रचण्डले माफी मागी बिज्ञप्ती जारी गरेको इतिहास दोलखाली जनता बिच ताजा रही आएको छ ।
मंगलबार उज्यालो भविष्य नामक सामाजिक संस्थाले दोलखा सरमुकाम चरिकोटमा उनलाई फेरी सम्मानित गरेको छ ।
Leave a Reply