दीपशंकर चौलागाई । भीमेश्वर नगरपालिकाको आयोजनामा किवी महोत्सव हुने भएको छ । यही पुस १५ गतेबाट सात दिन सम्म दोलखा सदरमुकाम चरिकोटका किवी महोत्सव हुने मुल आयोजक समितीले जनाएको छ ।
मुलआयोजक समितकिा अध्यक्ष एवम भिमेश्वर नगरपालिका प्रमुख भरत केसी भने नेपालमा दोलखा जिल्लाबाट उत्पादन सुरु गरिएको किविफल मानव स्वास्थ्यको लागी संजिबनी बुटी सरह भएकोले यसको महत्व लाई प्रचार प्रसारको लागी पहिलो पटक यो महोत्सव आयोजना गरेका छौ ।
आन्तारिक तथा बाह्य पर्यटक बढी बढी भित्र्याई दोलखाको स्वादिलो किविफल भरपुर खान दिई कोसेली पठाउने योजनाका साथ चरिकोटको सातदोबोटे बाट बजारका बिभन्न सडक पेटीमा सात दिन सम्म स्टलराखी भव्यरुपमा किवि महोत्सव बनाउने तयारी गरेको नगरप्रमुख् केसीले बताए ।
जिल्लाका विभिन्न संघ संस्था, सरकारी कार्यालयका प्रतिनिधि,अगुवा नागरिक र पत्रकारहरु सम्मिलित आठ वटा उपसमिती बनाई किवि महोत्सव भव्यरुपमा सम्पन्न काम सूरु गरिसकेको केसीले जानकारी दिए ।
स्टल÷ मञ्च तयारी समितीको संयोजकमा वडा नं ६का अध्यक्ष नबिनकुमार लामा,प्रचार प्रसार समितीको संयोजकमा नगरप्रमुख भरत केसी,झाँकी ¥यालि ब्यबस्थापन समितीको संयोजकमा वडा नं ५का अध्यक्ष रामचन्द्र बस्नेत,बजार सरसफाई ब्यबस्थापन समितीको संयोजकमा दावा कर्मा लामा ,अतिथि सत्कार समितीको संयोजकमा उपप्रमुख कमला बस्नेत,स्वयमसेवक परिचालन सतिीको संयोजकमा बिपिन श्रेष्ठ,बजार श्रंगार सतिीको संयोजकमा दोलखाका उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ र सास्कृतीक कार्यक्रम ब्यबस्थापन समितीको संयोजकमा निम्फा रहेको नगरपालिका कार्यालयका कर्मचारी अर्जुन लामाले जानकारी दिए ।
तत्कालनि जिल्ला विकास समिती र कृषि बिकास कार्यालय दोलखाको अगुवाइमा जिल्लाको भीमेश्वर ,जिरी ,शैलुङ, गौरिशंकर, बिगु पालिका क्षेत्रहरुमा लामो समय देखी ब्यवसायिकहरुमा किवि फलको खेती गरिरहेको छ ।
गत बर्ष दोलखाका जिल्लाका बिभिन्न स्थानमा गरि ३५ हेक्टर क्षेत्रफलमा लगाईको किवि १ सय ८५ मेट्रिक टन उत्पादन भएको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई किवि जोनका अधिकृत महोन प्रसाद खतिवडा जानकारी दिए ।
गत बर्ष किविफलबाट जिल्लामा २ करोड भन्दा माथि आम्दानी भएको खतिवडाले दाबि गरेकाछन । यस बर्ष बिगतको बर्षको भन्दा बढी किवि उत्पादन भएको उनले बताए । किवि फल यही सिजनमा पाक्ने हुदा यसको प्रचारप्रसारको लागी पनि महोत्सव राखेको पनि खतिवडाले बताए । थोरै जमिनमा लगाएर पनि धेरै आम्दानि गर्न सक्ने कारणले यसको आर्कषण बढेको उनको दाबि छ ।
किविफल स्थानिय बजारमा मात्र खपत नभएर काठमाण्डौ लगायत बिदेशका अस्पताल नजिकका बजारहरुमा निर्यात हुने गरेको छ । प्रतिकिलो ३ सयको दरले किविफल निर्यात हुने गरेको जनाईएकोछ । किविफलका बिशषज्ञहरु भन्छन फलफुलको राजा हो किविफल । किवी अत्यन्त लोकप्रिय फल हो । स्वादिलो यो फल खानेहरु धेरै हुन्छन । तर यसबाट हुने फाइदाबारे जानकार कमै छन ।
किविफलका बिशेषज्ञ श्याम खड्का भन्छन ‘घाउलाई थप बिग्रनबाट जोगाउँछ , भिटामिन सी भरपूर मात्रामा पाइने भएकाले किवीले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन बनाउने कामबाट मुक्त राख्छ ।’
बिशेषज्ञ खड्काले भने ‘ किवीले कोलेस्ट्रोल कन्ट्रोलमा पनि ठूलो सहयोग पुर्याउँछ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन । यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट पनि बचाउँछ ।’उनी भन्छन “किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ । जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुलाई यसले निकै ठूलो फाइदा गर्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट पनि दुःख मुक्त गराउन धेरै सहयोग गर्छ ।”‘किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या भएकाहरुलाई यो रोगबाट मुक्तिसमेत मिल्छ ।’ खड्काले भने ।
Leave a Reply