पूर्व सहमती कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने राहत शिक्षकको चेतावानी

 पब्लिक संवाददाता      शनिबार, पुस ५, २०७६      0

राजेश बस्नेेत

दोलखा ५ पुस । नेपाल राहत शिक्षक संघर्ष समिती दोलखाले सरकारसंग भएको पूर्व सहमती कार्यान्वयन नगरे पालिका स्तरबाट आन्दोलन गर्ने जनाएको छ ।
राहत शिक्षकलाई सेवा अवधि गणना सहित विशेष प्रकृयाद्वारा स्थायी गर्न संघीय शिक्षा ऐनमा प्रबन्ध गर्ने सहमतिमा हस्ताक्षर गरेपनि कार्यान्वयन नगरेको भन्दै राहत शिक्षक संघर्ष समिति दोलखाले सो घोषणा गरेको हो ।
नेपाल सरकारले अस्थायी दरबन्दीमा रहेका शिक्षकहरुलाई जुन प्रक्रियाबाट स्थायी गर्यो सोही प्रकृयाबाट राहत शिक्षकको स्थायी व्यवस्थापन गर्न नेपाल राहत शिक्षक संघर्ष समिति दोलखाका अध्यक्ष बालकृष्ण खड्काले अपिल समेत गरेका छन ।
दोलखा सदरमुकाम चरिकोटमा आयोजित राहत शिक्षक संघर्ष समिति दोलखाको अन्तरक्रिया सहितको कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ ३ नं प्रदेशका उपमहासचिव दीपशंकर चौलागाईले सत्र थरिका शिक्षक बनाएर शैक्षिक क्षेेत्रमा उपलब्धी हाँसिल गर्छु भन्नु सरकारको दिवा सपनामात्र भएको कुरा व्यक्त गर्नुभयो । फुटाउ र राज गर भन्ने उक्तीलाई सार्थक बनाउँदै सरकारका प्रतिनिधिहरुले शिक्षकहरूलाई विभिन्न नाममा वर्गीकरण गरिरहेको चौलागाईले आरोप लगाउनुभयो ।
राहत शिक्षकका मागहरुका सम्बन्धमा नेपाल शिक्षक संघको पूर्ण समर्थन रहेको बताउदै पिडित र शोषित भएर १६ बर्षदेखि राहत शिक्षकहरु अध्यापन कार्यमा खटिरहँदा समेत सरकारका प्रतिनिधिहरुसंग २०७५ असोज २२ मा भएको सम्झौता कार्यान्वयन नहुनुले कानुनी राज्यको उपहास गरेको कुरा उहाँले बताउनु भयो । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने निकम्ममापनले लोकतन्त्रको सौन्दर्यता बिगार्ने निश्चित छ भन्दै ४० हजार राहत कोटामा कार्यरत गुरुहरुलाई राहत भन्ने निकृष्ट शब्द प्रयोग गर्दै हेला नगर्न स्वघोषित बुद्धिजिविहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा राहत शिक्षकको नेता प्रकाश दहालले दोलखाका नौ वटै पालिकाबाट आन्दोलनको आँधिबेरी सिर्जना गर्ने चेतावानी दिएका छन । राहत शिक्षकलाई बिषय बिशेषज्ञ, रोष्टर प्रशिक्षक जस्ता कुनै पनि भुमिका नदिने स्थानिय तहका शिक्षा इकाइका बिरुद्ध समेत आन्दोलनमा उत्रिने दहालले बताएकाछन । कार्यक्रममा सयौको संख्यामा राहत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *