चिन र भारत जोड्ने सडक निमार्णमा भएको पूर्व सहमती उलंघन गरेको भन्दै बिरोधमा उत्रिए दोलखाका तिन स्थानिय तह

 पब्लिक संवाददाता      सोमवार, मंसिर ३०, २०७६      0

दीपशंकर चौलागाई ।  तामाकोशी करिडोरको नाममा डिभिजन सडक कार्यालय दोलखाले केही संसदहरुको प्रभावमा परि पूर्व सहमती बिपरित छोटो मार्गलाई लत्याई अन्यत्रबाट सडक निमार्णको लागी सर्भे गरेकोमा दोलखाका तिन स्थानिय तहले बिरोध जनाएकाछन ।
तत्काल पूर्व सहमती अनुसार सडक निमार्णका लागी सर्भे नगरे डिभिजन सडक कार्यालय दोलखामा तालाबन्दी गरि कडा आन्दोलनको आँधीबेरी ल्याउने स्थानिय तहका प्रमुखहरुले चेतावानी दिएकाछन ।
पत्रकार सम्मेलन गरि उनीहरुले जनताको आन्दोलनले अति दमन गर्ने संसद लाई पनि बाँकी नराख्ने चेतावानी दिएकाछन । दोलखामा समृद्धी ल्याउने साझा सहमतीमा तत्कालिन जिल्ला विकास समितीबाट हुने जिल्ला परिषदले लामाबगर देखी जनकपुरको भिट्टामोड सम्म उतर दक्षिण मार्ग निमार्ण गर्न निर्णय समेत गरेको भीमेश्वर नगरपालिका का प्रमुख भरत केसीले बताए ।
केसीले भने “सबै भन्दा सहज छोटो र कम लागतमा बन्ने गरी भीमेश्वर नगरपालिका ५ को किराँतिछाप भन्दा केही तल र तामाकोशी नदीको ७० गोलाई माथिको जफती गोलाईबाट सिधा सिंगटी निकालेर उतर दक्षिण मार्ग निमार्ण गर्ने सहमती र निणर्य भएको छ ।”
बिगतमा भएको सहमती भन्दा फरक पारी तामाकोशीको पारिपट्टी बाट बिभिन्न ठाउँमा घुमाउदै राजमार्ग भन्दा स्थानिय मार्ग हुने गरि सडकको सर्भे समेत गरेको गम्भिर ध्यानार्षण भएको संयुक्त विज्ञप्ती जारी गर्दै भीमेश्वर नगरपालिका प्रमुख भरत केसी ,बिगु गाउँपालिका प्रमुख युधिष्ठिर खड्का र कालिञ्चोक गाउँपालिका प्रमुख बिन कुमार थामीले जनाएका छन ।
दोलखाको भविष्य जोडीएको उतर दक्षिण माग निमार्णमा खेलवाड नगर्न बिगु गाउँपालिका प्रमुख खड्काले जोडदार माग गरेकाछन । खड्काले भने राष्ट्रिय हित र जनताको हितका खातिर स्थानिय सरकारले जुन सुकै कदम उठाउन पनि बाध्य हुने छौं । वारी बाट सहक निमार्णा गर्ने पूर्व सहमती कार्यन्वयन नभए कालिञ्चोक गाउँपालिका का ३० हजार जनता सडकमा उतारेर तत्काल आन्दोलन गर्न आफु तयार रहेको कालिञ्चोक गाउँपालिका प्रमुख थामीले चेतावानी दिएका छन ।
हाल भिमेश्वर नगरपालिका ४ को जिलू सम्म करिब करिब सडक निमार्ण भएको, सो सडक कालिञ्चोक गाउँपालिकाको झमार्सि खोलामा लगेर जोड्दा अति नै छोटो हुने भएकोले नागरिकको हितका लागी दोलखाका तिन स्थानियतहरुले यो अभियान चालको मा नागरिक समाज दोलखाले उनीहरुको कदमको स्वागत गरेका छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *