
दोलखा २९ मंसिर । नेपाल सरकारको नियम लाई उल्लंघन गर्दै दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा टेम्पो संचालन भएको छ ।
सरकारको ऐन नियमलाई उल्लघन गर्ने अधिकार कसैलाई नभएकाले भन्दै तत्काल टेम्पो संचालन रोक्न आग्रह गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय यातायात ब्यबस्था विभाग पत्र संख्या २०७४÷०७५को चलानी नं ११९९को पत्र अनुसार दुर्घटना बढ्ने सम्भावना हुदा इ–सिक्सा, टेम्पो , ट्राइसाइकलहरु उच्च पहाडी तथा हिमाली भुबनोट भएको क्षेत्रमा गर्न संचालनमा रोक्क लगाउन निर्देशन भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसी बताएकाछन ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय यातायात ब्यबस्था विभागले पेट्रोल बाट चल्ने टेम्पोहरु काठमाण्डौ उपत्यका,पोखरा उपत्यका र उच्च पहाडी तथा हिमाली भु बनोट भएको क्षेत्रमा बाहेकका क्षेत्रहरुमा मात्र संचालन गर्न निर्देशन दिएको छ ।
आफु खुशी राज्यको निति उल्घंन गर्दै नागरिकको सुरुक्षालाई ध्यान नदिई टेम्पोहरु चलाएको छ सरकारको ऐन नियमको उपहास गर्न कसैलाई कानुनले छुट दिईदैन नागरिक अगुवा सरोज उप्रती भने ।
क्षणीक सुविधा उपयोग गरे पनि कुनै दुर्घटना भयो भने यात्रुको बिमा,थड्पाटी बिमा ,टेम्पो डाईभरको बिमा नगरि कसरी संचालन गर्ने ? कति भाडा लिने ?कहाँ कहाँ चलाउने ? त्यो पनि छैन उप्रतीले भने यातायात ब्यबस्था विभागले पेट्रोल बाट चल्ने टेम्पोहरु उच्च पहाडी तथा हिमाली भु बनोट भएको क्षेत्रमा संचालनमा रोक लगाएको छ ।
तिन पाङगे्र सवारीका साधनहरु बढी दुर्घटनामा पर्ने हुदा उच्च पहाडी तथा हिमाली भु बनोट भएको क्षेत्रमा संचालनमा रोक लगाउन सरकारले ल्याएको निति कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय दोलखा तयार रहेको छ सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादरु आलले भने ।
यता दोलखाको सदरमुकाम चरिकोट बाट बिभिन्न स्थानमा मनोमानी रुपमा भाडा लिई ६ वटा टेम्पो संचालन गरिएको करिब महिना दिन बित्न थाल्यो यो हेर्ने कसले नागरिले गुनासो गरिरहेकाछन ।
Leave a Reply