आर्दशको बाटोमा आफु हिडी रहेका कोईरालाको दाबि

 पब्लिक संवाददाता      सोमवार, मंसिर २३, २०७६      0

दीपशंकर चौलागाई । नेपाली काँगे्रसका केन्द्रीय सदस्य शेखर कोइरालाले स्वार्गीय भीमबहादुर तमाङले कोरोको आर्दशको बाटोमा आफु हिडी रहेका बताएकाछन ।
जातिय द्धन्द मेटिने ,पहिचान भेटीने गरि हरेक जातजाति अग्र बाटोमा लागे मात्र मुलुकले सम्बृद्धी पाउने उहाँको सोच नेपाली राजनितिमा अहिले पनि मुल्यवान भईरहेको नेता कोईरालाले दाबि गर्नु भयो ।
कालापानी, लिपुलेक र लिपियाधारा तिनै स्थान नेपालको भुमि भएकोले सरकारी तवरबाट आफ्नो भुमि फिर्ता गर्न सरकारले ठोस कदम चालन आग्रह गरे । कोईरालाले यस सम्बन्धीका बिज्ञहरु रहेको पाँच सात सदस्य टोली बनाई सरकारले तत्काल प्रक्रिया अघि बढाउनु पर्ने तर्क पेश गरे ।
बर्तमान सरकारको अधिनायकबादी शैलिका कारण मुलुकमा भ्रष्ट्रचारले सिमा नाघेको बताएका छन । नेपाली नागरिकले चर्को मुल्य तिरेर दैनिक उपभोग्य बस्तुमात्र नभई औषधी उपचार समेत लिन बाध्य भएको कोइरालले बताए ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नं २ रहेको अमर उच्च माध्यामिक बिद्यालयको नव निर्र्मीत भवनको चावि हस्तान्तरण गर्दै सरकारको क्रमश राजनैतिकदल,कर्मचारी ,प्रेस स्वतन्त्रता,न्यायपालिका र सुरक्षा निकायलाई आक्रमण गरि अस्तब्यस्त बनाएको आरोप लगाएकाछन ।
सुरुक्षा निकायका शसस्त्र प्रहरी ,जनपथ प्रहरीलाई अस्तब्यस्त बनाइ सकेको र नेपाल आर्मीलाई समेत आक्रमण गर्ने तयारी तर्फ उन्मुख भई रहेको कोईरालाको दाबि छ ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष श्रीबाबु कार्कीको सभापतित्वमा आयोजित बिद्यालयको नव निर्र्मीत भवनको हस्तान्तरण कार्यक्रममा नेपाली कांगे्रस दोलखाका सभापति रुद्रबहादुर खड्का,तमाकोशी गाउँपालिका प्रमुख एवम नेकपा दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, नेपाली कांगे्रस दोलखाका युवा नेता बर्मा लामा , नेपाली कांगे्रस दोलखाका नेता ईश्वर मानन्धर, नेपाली कांगे्रस दोलखाका पार्टी सचिव द्धय सन्तोष रिमाल,बालकृष्ण आचार्य, नेपाली कांगे्रस दोलखाका प्रभावशालि नेता एवम संगठन विभाग प्रमुख भविन्द्र कार्की , समाज सेवि एवम नेकपा दोलखाका नेता बसन्तराज कार्की नेपाली कांगे्रस दोलखाकी नेतृ बिनिता अधिकारी,दोलखाली युवाका ढुकढुकी तामाकोशी गाउँपालिका १ वडा अध्यक्ष महेश्वर काप्mले शैक्षि सुधार र बर्तमान अवस्थाका बिषय आप्mना बिचार राखेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *