अधिनायकबादी शैलिका कारण भ्रष्ट्रचारले सिमा नाघेको कोइरालाकाे दाबि

 पब्लिक संवाददाता      आइतवार, मंसिर २२, २०७६      0

दोलखा २२ मंसिर । नेपाली काँगे्रसका केन्द्रीय सदस्य शेखर कोइरालाले बर्तमान सरकारको अधिनायकबादी शैलिका कारण मुलुकमा भ्रष्ट्रचारले सिमा नाघेको बताएका छन ।
नेपाली नागरिकले चर्को मुल्य तिरेर दैनिक उपभोग्य बस्तुमात्र नभई औषधी उपचार समेत लिन बाध्य भएको कोइरालले बताए ।
दोलखा सदरमुकाम चरिकोट आई पुगेका कोईरालाले प्रेस युनियन दोलखाको सक्षत्कार कार्यक्रममा बोल्दै सरकारको अधिनायकबादी शैलिले राजनैतिकदल,कर्मचारी ,प्रेस स्वतन्त्रता,न्यायपालिका र सुरक्षा निकायलाई क्रमिकरुपमा आक्रमण गरि अस्तब्यस्त बनाएको आरोप लगाएकाछन ।
सुरुक्षा निकायका शसस्त्र प्रहरी ,जनपथ प्रहरीलाई अस्तब्यस्त बनाएका सकेर नेपाल आर्मीलाई समेत आक्रमण गर्ने तयारीमा उन्मुख भई रहेको उनले दाबि गरे । कोईरालाले भने अब सबै भातृ तथा भगेनी संस्था , सचेत नागरिक सडकमा उत्रिर्ण बिकल्प अरु केही छैन ।
कालापानी, लिपुलेक र लिपियाधारा तिनै स्थान नेपालको भुमि भएकोले सरकारी तवरबाट आफ्नो भुमि फिर्ता गर्न सरकारले ठोस कदम नचालेको उनको आरोप छ । कोईराला भन्छन प्रधानमन्त्रि दमकमा १२ बिघा जग्गा कब्जा गर्न लगाई आप्mनो सकली चरित्रको चित्रण गर्न ब्यस्त भएकाछन ।
अर्को प्रसंगमा नेता कोइरालले २० बर्षका बिद्यार्थीको कुरा ५० बर्षीय काकाहरुसंग नमिल्ने हुदा नेपाली कांगे्रसको बर्तमान उच्च नेतृत्वले काकालाई बरु पार्टीको केन्द्रीय सदस्य बनाई बिद्यार्थीको नेतृत्व बिद्यार्थीलाई दिन आग्रह समेत गरेकाछन ।
प्रेस युनियन छ की छैन आफै दोदार भएको बताउदै कोइरालाले भने जिवित संगठन भएको भए यसको प्रदेश ,केन्द्रको अधिवेशन हुने थिथो । तर जिल्लामा हामी प्रेस युनियनकर्मी भनेकोमा आफुलाई खुशि लागेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *