अन्नतत रहन सकेन प्रजिअ रिजाल

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २०, २०७६      0

दोलखा २० मंसिर । भष्ट्रचारको आरोप लागेको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल अन्नतत दोलखामा रहन सकेन । एक लाख २५ हजार नगद लिएको स्वीकारे पछि उनी रातारात जिल्ला छोड्ने योजना बनाई बिहान सात बजे दोलखा छोडेकाछन ।
सरकारी गाडीमा रहदा सर्वसाधणले समात्न सक्ने डरले मुखमा मास लगाएर उनीले भाडाको गाडीमा लिएर भागेको जिल्ला प्रशासनका एक कर्मचारीले नाम नलेख्ने शर्तमा बताए ।
जिल्लामा भष्ट्रचार नियान्त्रण गर्ने जिम्मेवारी पाएको प्रमुख जिल्ला अधिकारी आफै भष्ट्रचारमा लिप्त भएको नागरिकले आरोप लगाएकाछन ।
कसरी जिल्ला भष्ट्रचार मुक्त हुन्छ अगुवा नै खराब भए पछि नागरिक समाज दोलखाका राजेश बस्नेतले भने “भागेर जिल्ला छोडेपनि अरु जिल्लामा लाग्ने कानुन पनि एउटै त हो नी भष्ट्रचारी कसरी उम्कन्छ । ” कानुनी राज्यको उपहास गर्ने अधिकार कसैको पनि छैन बस्नेतले भने ।
दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्ला घटेका दुई छुटाछुटै घटनामा अभियुक्त बाट एक लाख २५ हजार घुस लिएका छन । बुहारीलाई तातोपानी खनाएर पोलिएको सार्वाजानिक मुदा खेपि रहेको दोलखाको कालिञ्चोक गाउँपालिका १ का बाबु ,छोरा उदिम तमाङ र इन्द्रबहादुर तमाङबाट ४९ हजार रकम लिएर जनही ७ हजारको दरले कुल १४ हजार धरौटी रसिद काटेर बाँकी ३५ हजार घर्रा राखेको तथा जनप्रतिनिधिलाई कुटेको मुदा खेपिरहेका मेलुङ गाउँपालिका ४ भेडपुका कुमार मोक्तान लामालाई चालु मुदामा धरौटीमा रिहा गर्न भनि एक लाख रुपैया लिएर १० हजार धरौटी रुपैयाको धरौटी रसिद थमाए पठाएकाछन ।

कालिञ्चोक गाउँपालिका १ का बाबु छोरा उदिम तमाङ र इन्द्रबहादुर तमाङलाई सार्वाजानिक सुरक्षा मुदामा आवश्यक अनुसन्धान पछि प्रहरीले मंसिर १७ गते जिल्ला प्रशासन बुझाएको थियो । त्यसैगरि मेलुङ गाउँपालिका ४ भेडपुका कुमार मोक्तान लामा संग प्रमुख जिल्ला अधिकारी रिजालले मंसिर १८ गते पटके मुदा भएकोले छोड्न जोखिम हुन्छ धरौटीमा रिहा गरेका थिए ।
यता प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने प्रक्रियागत त्रुटी भएको स्वीकारेकाछन । संचारकर्मीहरुले गरेको प्रश्नमा बुधबार पैसा लिएर बिहिबार किन फिर्ता दिएको भन्दा रसिद बाहेक घाउचोट धरौटी बापतको पैसा लिएकामा भर्पाई नगराउनु गल्तीभएको बताए । अरु प्रश्नमाउनि नाजवाफ भएका थिए ।
दुबैका घटनामा अभियुक्त र आफन्त लाई जिल्ला प्रशासनमा बोलाई आप्mनो गाडीमा राखी प्रजिअले गुरिला शैलिमा उनीहरुलाई मोबाईल सुईच अफ गराउन लगाई क्वाटरमा लगी पत्रिकाले पैसा बेरेर फिर्ता गरेको अभियुक्तहरुले बताएकाछन ।

दोलखाका सिडिओ विरुद्ध तरुणदलको नारा जुलुस गदै २४ घण्टा भित्र जिल्ला नछोडे कालोमोसो लगाउने चेतावनी थिए।१ लाख २५ हजार घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालबिरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस गरेको थियो । भ्रष्टाचारी सिडिओ जिल्ला छोड भन्दै तरुण दलले नारा जुलुस गर्दै चरिकोट बजार परिक्रमा गरि सातदोबाटो चोकमा भएको कोणसभामा बोल्दै तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले सिडिओले २४ घण्टा भित्र जिल्ला नछोडे कालोमोसो लगाएर धपाउने चेतावनी दिएका थिए ।

अध्यक्ष शेर्पाले जिल्लाको मुख्य प्रसाशक नै घुसखोरीको नाईके भएपछि अन्य निकाय पनि अछुतो नरहेको भन्दै त्यसउपर पनि छानविन गर्न माग गरे । उनले भ्रष्टाचार गरेको प्रमाणित हुँदा पनि गृह मन्त्रालय निकम्बा भएर बसेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।बैशाख २ गते दोलखा जिल्लामा सरुवा भई आएका रिजाल आप्mना कालाकर्तु पछिपाउन नसकेर भागेकाछन ।
यता, घुस काण्डमा मुछिएका प्रमुख जिल्ला अधिकारी रिजाललाई गृह मन्त्रालयले दोलखाको सिडिओको जिम्मेवारीबाट हटाएको छ ।दुई ओटा मुद्धाका प्रतिवादीहरुलाई धरौटीमा छाड्ने आदेश गर्दा उनिहरुका परिवारबाट सवा लाख रुपैंयाँ घुस लिएको घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले शुक्रबार उनलाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ, जिम्मेवारी खोसिए लगत्तै रिजाल मन्त्रालय तानिएको गृह मन्त्रालयलजनाएकोछ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले घुस प्रकरणमा प्रजिअ रिजालको नाम जोडिएपछि उनलाई जिम्मेवारीबाट हटाईएको राजधानीलार्ई जानकारी दिएकाछन । अहिलेलाई उहाँको जिम्मेवारी खोस्ने निर्णय भएको छ । अब उहाँमाथी लागेका आरोपहरु बारे मन्त्रालयले छानविन सुरु गर्नेछ प्रवक्ता केदारनाथ शर्माले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *