दोलखा १९ मंसिर । जिल्लामा भष्ट्रचार नियान्त्रण गर्ने जिम्मेवारी पाएको प्रमुख जिल्ला अधिकारी आफै भष्ट्रचारमा लिप्त भए पछि कसरी जिल्ला भष्ट्रचार मुक्त हुन्छ ,यसको उदाहरण बनेका छन, दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल ।
उनले जिल्ला घटेका दुई छुटाछुटै घटनामा अभियुक्त बाट एक लाख २५ हजार घुस लिएको आरोप लागेको छ ।
बुहारीलाई तातोपानी खनाएर पोलिएको सार्वाजानिक मुदा खेपि रहेको दोलखाको कालिञ्चोक गाउँपालिका १ का बाबु छोरा उदिम तमाङ र इन्द्रबहादुर तमाङ तथा जनप्रतिनिधिलाई कुटेको मुदा खेपिरहेका मेलुङ गाउँपालिका ४ भेडपुका कुमार मोक्तान लामालाई धरौटीमा रिहा गर्न एक लाख २५ हजार घुस लिएको आरोप लागेको छ ।
कालिञ्चोक गाउँपालिका १ का बाबु छोरा उदिम तमाङ र इन्द्रबहादुर तमाङलाई सार्वाजानिक सुरक्षा मुदामा आवश्यक अनुसन्धान पछि प्रहरीले मंसिर १७ गते जिल्ला प्रशासन बुझाएको थियो । मुदा बुझे पछि सोही दिन प्रमुख जिल्ला अधिकारीले ४९ हजार रकम लिएर जनही ७ हजारको दरले कुल १४ हजार धरौटी रसिद काटेर बाँकी ३५ हजार घर्रा राखेको अभियुक्त उदिम तमाङले बताए ।
त्यसैगरि मेलुङ गाउँपालिका ४ भेडपुका कुमार मोक्तान लामा संग प्रमुख जिल्ला अधिकारी रिजालले मंसिर १८ गते पटके मुदा भएकोले छोड्न जोखिम हुन्छ भन्दै चालु मुदामा धरौटीमा रिहा गर्न भनि एक लाख रुपैया लिएर १० हजार धरौटी रुपैयाको धरौटी रसिद थमाए पठाएको मोक्तानले बताए ।
यता प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने प्रक्रियागत त्रुटी भएको स्वीकारेकाछन । संचारकर्मीहरुले गरेको प्रश्नमा बुधबार पैसा लिएर आज बिहिबार किन फिर्ता दिएको भन्दा रसिद बाहेका घाउचोट धरौटी बापतको पैसा लिएकामो भर्पाई नगराउनु गल्तीभएको बताए । अरु प्रश्नमा उनि नाजवाफ भएका थिए ।
दुबैका घटनामा अभियुक्त र आफन्त लाई जिल्ला प्रशासनमा बोलाई आप्mनो गाडीमा राखी प्रजिअले उनीहरुलाई मोबाईल सुईच अफ गराउन लगाई क्वाटरमा लगी पत्रिकाले पैसा बेरि फिर्ता गरेको अभियुक्तहरुले बताएकाछन ।
Leave a Reply