
दोलखा ११ मंसिर । नेपाल सरकारका महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि पार्बत गुरुङले गृह जिल्ला दोलखाका कर्मचारीहरुलाई भ्रष्टचार मुक्त दोलखा बनाउन निर्देशन दिए ।
भ्रष्टचारी कर्मचारी भनेर दोलखाली नागरिकले समातेर स्थाानिय प्रशासनलाई कार्वाहीको लागी बुझाउने दिन नआओस उनको कडा निर्देशन थियो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल सहित सम्पूर्ण कार्यालय प्रमुखहरु उपस्थित रहेको भेलामा मन्त्रि गुरुङले जनताले सहजरुपमा छिटो छरितो सरकारी सेवा उपयोग गर्न नपाएको गुनासो काही कतै बाट आए त्यस पछिको परिणाम भोग्न तयार रहन समेत उनले निर्देशन दिए ।
घुमाउरो भाषामा मन्त्रि गुरुङले सम्पूर्ण कार्यालय प्रमुखले गुणस्तरीय सेवा नदिए सबै जिम्मेवारी प्रमुख जिल्ला अधिकारीले लिनु पर्ने हालको अबस्था रहेकोले सबैलाई सचेत गराउन प्रजिअले अहोरात्र खट्नु पर्ने अबस्था आएको बताए ।
दोलखाका तिन गाउँपालिका प्रमुख कार्यकारी अधिकृत बिहिन भएकोले तत्काल रिक्त स्थानको पदपूर्ति हुने मन्त्रि गुरुङले प्रतिबद्धता जाहेर गरे ।
मन्त्रि गुरुङलाई नेकपा दोलखा,भीमेश्वर नगरपालिका ,जिल्ला समन्वय समिती दोलखा र चरिघ्याङ टोलले भव्य स्वागत गरेको छ ।
Leave a Reply