सामाजिक विकास मन्त्रिले गरे बालमैत्रि नगर घोषणा ,अन्तत पहिलो बन्यो ३ नं प्रदेशमा भीमेश्वर नगरपालिका (सम्पूर्ण तस्विर उपलब्ध छ )

 पब्लिक संवाददाता      आइतवार, भदौ २९, २०७६      0

दीपशंकर चौलागाई । नेपाल सरकारका ३ नं प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलालले दोलखाको भीमेश्वर नगरपालिकालाई आईतबार औपचारिकरुपमा बालमैत्रि नगर घोषणा गर्नुभएको छ ।
दोलखाको ं भीमेश्वर नगरपालिका ३ नं प्रदेशको पहिलो बालमैत्रि नगर बनेको घोषणा गर्नुभएको हो ।
प्रमुख अतिथि समेत रहेका मन्त्रि दूलालले सडकको दुरावस्थाका कारण प्रदेश ३ को अस्थायी केन्द्र हेटौंडा बाट दोलखा सबैभन्दा टाढा रहेको जस्तो देखिए पनि यो सडकको सुधार तथा दोलखा जिल्लाको विकासका लागि के गर्न सकिन्छ भन्ने वारेमा प्रदेश ३ सरकारले छलफल गरिरहेको बताउनुभयो । उहाँले भन्नु भयो दोलखाका स्थानिय तहसँग मिलेर काम गर्न प्रदेश सरकार तयार छौं ।
२७ वटा सेवा सुचक र १२ वटा वटा संस्थापक सुचक गरि ३९ वटै सुचक पुरा गरेकोले भीमेश्वर नगरपालिका औपचारीक रुपमा बालमैत्रि नगर घोषणा गदै एक लाख नगद समेत प्रदान गरेको मन्त्रि दुलाले बताउनुभयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले २०७१ साल देखी नै भीमेश्वर नगरपालिकाले बालमैत्रि स्थानिय निकाय बनाउन थालनी गरेको र जनप्रतिनिधिहरु बहालि भएपछि स्थानिय शासन पद्धतीले गति लिएका कारण ३ नं प्रदेशमा पहिलो बालमैत्रि नगर र देश भरिमै चौथो भएको दाबि गर्नुभयो ।
“बाल बचाउ का १० वटा ,बाल संरक्षणका ५ ओटा,बाल विकासका ६ ओटा र बाल सहभागिताका ६ ओटा गरि २७ ओटा सूचक र संस्थागत विकास सम्बन्धी १२ सूचक पुरा गरिएकोले आज यो अवस्थामा आएका हौं । ” नगरप्रमुख केसीले भन्नु भयो ।
“सुनिश्चित बालअधिकारः समृद्ध नेपालको आधार“ भन्ने मूल नाराका साथ आज मुलुकभर राष्ट्रिय बालदिवस २०७६ मनाई रहदा दोलखामा भने ।भीमेश्वर नगरपालिका नेपालको चौथो र प्रदेश नं ३ को पहिलो बालमैत्री नगरपालिका बनेको हो ।
२०४७ साल भाद्र २९ मा नेपालले तात्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शासन समयमा बालअधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, १९८९ लाई पक्षराष्ट्रका हैसियतले अनुमोदन गरेको थियो ।
बालअधिकार सम्बन्धी महासन्धिलाई संयुक्त राष्ट्र संघीय महासन्धिको लहरमा एकमात्र सर्वस्वीकार्य महासन्धिका रुपमा मानिएको छ । यस महासन्धि विश्वव्यापी रुपमा प्रचलित दुई प्रमुख राजनीतिक धार खुला तथा नरम प्रजातान्त्रिक विचारधारा र समाजवादरसाम्यवादी राजनीतिक विचारधारालाई समायोजन गरी प्रजातान्त्रिक समाजवादी धारमा जारी गरिएका कारण पनि यो महासन्धि सर्वस्वीकार्य भएको भन्ने गरिन्छ ।

नगरप्रमुख भरतबहादुर केसीको सभापतित्वमा सम्पन्न बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा ३ नम्बर प्रदेशका सांसद एवं नेकपाका नेता पशुपति चौलागाई, नेकपाका नेता एवं पूर्व राज्यमन्त्री देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, गाँउपालिका महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष एवं दोलखा तामाकोसी गाँउपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेकपा दोलखाका सचिव गोपाल पाण्डे, नेपाली कांग्रेस दोलखाका नेता केशवराज चौलागाई, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, पूर्व नगरप्रमुख चोकबहादुर दहाल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका अन्य वक्ताहरुले पनि नगरलाई बालमैत्री घोषणा गरेपछि बाल अधिकारको संरक्षणमा सबैलागी असली रुपमा बालमैत्री बनाउन थुप्रै चुनौतीको सामना गर्नु पर्ने बताएका थिए ।बालमैत्री नगर घोषणा कार्यक्रममा नगरभित्रका विद्यार्थीहरु, शिक्षक, विभिन्न संघसंस्था तथा स्थानिय अभिभावकहरुकोे उपस्थिति थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *