दीपशंकर चौलागाई । दोलखाको भीमेश्वर नगरपालिका ३ नं प्रदेशको पहिलो बालमैत्रि नगर बन्दै छ ।
बालमैत्रि नगर औपचारिक रुपमा घोषणा गर्न २७ वटा सेवा सुचक र १२ वटा वटा संस्थापक सुचक गरि ३९ वटा पुरा गर्नु पर्नेमा भीमेश्वर नगरपालिकाले सबै पुरा गरेकोले आइतबार औपचारीकरुपमा घोषणा हुदैछ ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले पत्रकार सम्मेलन गरि बालमैत्रि नगर घोषणा गर्न सबै सुचक पुरा गरेको जानकारी दिनु भयो । २०७१ साल देखी नै भीमेश्वर नगरपालिकाले बालमैत्रि स्थानिय निकाय बनाउन थालनी गरेको र जनप्रतिनिधिहरु बहालि भएपछि स्थानिय शासन पद्धतीले गति लिएका कारण ३ नं प्रदेशमा पहिलो बालमैत्रि नगर र देश भरिमै चौथो भएको नगर प्रमुख केसीले दाबि गर्नु भयोे ।
बाल बचाउ का १० वटा ,बाल संरक्षणका ५ ओटा,बाल विकासका ६ ओटा र बाल सहभागिताका ६ ओटा गरि २७ ओटा सूचक र संस्थागत विकास सम्बन्धी १२ सूचक पुरा गरिएको संचारकर्मीहरु संग नगरप्रमुख केसीले बताउनु भयो ।
२९ गते औपचारिक रुपमा माननिय समाजिक विकास मन्त्रि युवराज दुलालले बालमैत्रि नगर घोषणा गर्ने केसीले जानकारी दिनुभयो । उहाँले भन्नु भयो “घरेलु हिंसा र महिला हिंसा मुक्तीको अभियान संचालन गरि रहेकोले निकट भविष्यमा महिला हिंसा मुक्त नगर घोेषणा गर्ने र्छौ । ”
Leave a Reply